विराटनगरमा ह्याम्स अस्पतालको सिएमई कार्यक्रम

  • प्रकाशित मितिः पुष १३, २०८०
  • 133 पटक पढिएको
  • समय अनलाइन

बिराटनगर ह्याम्स अस्पतालले विराटनगरको बिग होटलमा कन्टिन्युइङ मेडिकल एजुकेसन (सिएमई) कार्यक्रम सम्पन्न गरेको छ ।
मुलुकको सबै प्रदेशमा वर्षमा कम्तिमा एउटा सिएमई कार्यक्रम गर्ने उद्देश्यका साथ धनगढी पश्चात विराटनगरमा उक्त शैक्षिक कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।
महत्वपूर्ण विधाका अनुसन्धान तथा उपचार पद्धतिसँग सम्बन्धित विषयका बारेमा ह्याम्समा कार्यरत देशकै उत्कृष्ट चिकित्सकहरूद्वारा ज्ञान तथा सीप आदान प्रदान गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मुटुको चाल सम्बन्धी उपचारमा अग्रणी भूमिका खेल्दै आएका ह्याम्समा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन राउतले मुटु कमजोर भएका बिरामीमा प्रत्यारोपण गरिने विशेष पेशमेकरको बारेमा जानकारी दिएका थिए ।
फोक्सो रोग विशेषज्ञ डा. रक्षा पाण्डेले फोक्सोमा हुने जटिल रोग आइएलडी (इन्टरष्टिसियल लङ्ग डिजिज) को नयाँ अनुसन्धान तथा उपचारको बारेमा जानकारी दिएकी थिइन् । साथै कोशी अस्पतालमा कार्यरत पेट रोग विशेषज्ञ डा.भुवनेश्वर यादवले पनि पेट सम्बन्धी रोगको बारेमा जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा विराटनगरमा कार्यरत विभिन्न अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरू गरी ७० जनाभन्दा बढीको उपस्थिति थियो ।
यस्ता सिएमई कार्यक्रमले देशका विभिन्न ठाउँमा कार्यरत चिकित्सकको ज्ञान तथा सीप बढाउन मद्दत पुग्ने सहभागी चिकित्सकहरूले बताए ।
नयाँ प्रविधि तथा अनुसन्धानका बारेमा एक आपसमा छलफल तथा अन्तर्क्रियाले चिकित्सकहरूको ज्ञान बढ्ने मात्र नभई उपचारमा एकरुपता ल्याउन पनि मद्दत गर्ने अस्पतालले जनाएको छ ।
विगत २६ वर्षदेखि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले तालिम तथा शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरूलाई नियमित तालिम प्रदान गरिरहेको ह्याम्सले 'क्रिटिकल केयर नर्सिङ' लगायतका कार्यक्रम नियमित सञ्चालन गरिरहेको छ ।
विगत २ वर्षदेखि चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित 'एनबीएमएस' कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।
अस्पतालमा कार्यरत मुलुककै उत्कृष्ट तथा दक्ष चिकित्सकद्वारा देशका विभिन्न स्थानमा कार्यरत चिकित्सकलाई आफ्नो ज्ञान, सीप तथा दक्षता सिएमई कार्यक्रम मार्फत भविष्यमा अन्य स्थानमा समेत निरन्तर प्रदान गरिरहने प्रतिबद्धता अस्पतालले जनाएको

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved