इटहरी उपमहानगरद्वारा नेपालमै पहिलो पटक इन्धन बाइकलाई बिद्युतीयमा रुपान्तरण

  • प्रकाशित मितिः माघ ३, २०८०
  • 245 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने मोटरसाईकललाई बिद्युतीयमा रुपान्तरण गरेको छ। उपमहानगरले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर पहिलो चरणमा दुईटा मोटरसाइकल रुपान्तरण गरेको हो।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै बिद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले युवा इन्जिनियरहरुको सहयोगमा बिद्युतिय सवारीमा रुपान्तरण गरेको हो। उपमहानगरले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर पहिलो चरणमा दुईटा मोटरसाइकललाई बिद्युतीयमा रुपान्तरण गरेको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिनुभयो।

संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २०बर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा बिद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको छ। देशमै पहिलो पटक स्थानीय तहले यो कामको शुरुवात गरेको पौडेलको दाबी छ। उहाँले भन्नुभयो ‘कुनै स्थानीय तहले यसरी बाइक परिवर्तन गरेको पहिलो पटक हो’

यस्तै उपमहानगरले सडक पुर्वाधारको गुणस्तर परिक्षण गर्न आफ्नै ल्याब पनि सञ्चालनमा ल्याएको छ। ल्याबको स्थापनासँगै आसपासका क्षेत्रबाट पूर्वाधार गुणस्तर परीक्षण गर्न सहज भएको इञ्जिनियर राजन दाहालले बताउनुभयो। ल्याब नहुँदा इटहरीभन्दा बाहिर लगेर परीक्षण गर्नुपर्ने बाध्यता थियो।

यसैगरी, खाद्य तथा दैनिक उपभोग्य बस्तुको गुणस्तर मापनका लागि खाद्य परीक्षण प्रयोगशाला पनि शुरु गरिएको छ। बजार अनुगमन गर्दा कुनैपनि वस्तुमा कैफियत भेटिदा जाँच गर्न सहज हुने खाद्य अधिकृत नवलकिशोर भट्टराईले बताउनुभयो।

उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर यस्तो ल्याबले खानेकुराको गुणस्तर जाँच्ने बताउनुभयो।

यसैगरी इटहरी उपमहानपालिकाले सेवाग्राहीका निम्ती नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ। सहायता कक्षमा सेवाग्राहीले पालो कुर्ने, आराम गर्ने, आफूलाई आवश्यक सेवाका प्रक्रियासम्बन्धि जानकारी लिने कार्य गर्नेछन्। यस कक्षमा सेवाग्राहीलाई चिया/कफिको समेत व्यवस्था गरिएको छ।

उल्लेखित बिषयमा जानकारी दिन बुधबार गरिएको कार्यक्रममा मेयर पौडेलले इटहरीमा २० महिनाको अवधिमा भएका कामहरुको बारेमा जानकारी गराउनुभयो। उहाँले दुई वर्षभित्रमा इटहरीको काव्यवाटिकामा सभागृहको निर्माण पुरा गर्ने जानकारी समेत दिनुभयो।

मेयर पौडेलले चालु आर्थिक बर्षमै नगर बस सञ्चालन गर्ने योजना अनुसार आगामी बैशाख महिनादेखि शुरु गरिने बताउनुभयो। नगर बस सञ्चालनसँगै नगरभित्र १५बटा चार्जिङ् स्टेशन पनि राखिने भएको छ। इटहरीको मुख्य चोकमा बैशाख महिनाभित्रै दुईवटा आकाशे पुलको पनि निर्माण पुरा गरि सक्ने पौडेलले बताउनुभयो। उहाँले इटहरीलाई ब्यवस्थित शहरको रुपमा बिकास गर्न गुरुयोजना पनि निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved