इटहरीमा हात्तीलाई गाँउ प्रवेश रोक्न पर्खाल लगाउदै इटहरी

  • प्रकाशित मितिः माघ १९, २०८०
  • 125 पटक पढिएको
  • समय अनलाइन

इटहरी / गत मंसिर १३ गते इटहरी-२ का रबिन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । जंगली हात्तीको समुहले स्थानीयको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षती पुर्‍यायो, हालसालै थप २ जना हात्तिको आक्रमणबाट घाईते समेत भएका छन ।

अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा,मोरङ र सुनसरीमा हात्ती आतंक छ । ५ जना भन्दा बढिले ज्यान गुमाईसकेका छन । इटहरीमा भने हात्ती आतंकले ज्यानै गएपछी हात्ती नियन्त्रणका लागि इटहरीका मेयर हेमकर्ण पौडेल कम्मर कसेर लागेका छन  ।

मेयर पौडेलले नागरिकलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साईरन जडान,लाईट व्यवस्थापन गरि सबैभन्दा बढी हात्ती प्रभावित २ नं वडा पुर्व ६ फिट अग्लो पर्खाल बनाउने कार्य शुरु गरेका छन ।

हात्ती आतंक दीर्घकालीन रुपमै नियन्त्रण गर्न ६ फिट अग्लो पर्खाल अनिवार्य भएको मेयर पौडेलको तर्क छ । फर्खालको काम समेत सुरु भएको मेयर पौडेलको भनाई छ । यस अघि नै उपमहानगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा हात्ती भगाउन साइरन जडान र बत्ती जडान गर्ने काम भईरहेको छ । यस अघि हात्ती आक्रमणबाट मृत परिवारलाई इटहरी उपमहानगरले एक लाख आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved