सुनसरीको देवानगञ्ज र हरिनगरा क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा

  • प्रकाशित मितिः चैत्र २३, २०८०
  • 89 पटक पढिएको
  • जीवन फुयाल

सुनसरी / मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हरिनगरका सबै वडा र देवानगजञ्जको १ र ७ नम्बर वडामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

शान्तिसुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी घटनामा सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।

हिन्दु युवा गौतमपुर निवासी जीवन मेहताले मुस्लिमको धार्मिक ग्रन्थ कुरानबारे गलत टिप्पणी गरेको भन्दै हरिनगर गाउँपालिका-१, रामनगर, भुटाहामा धार्मिक हिंसा भड्किएको हो । मेहतामाथि बिहीबार कुटपिट भएकाे थियाे ।

बिहीबारदेखि नै तनावग्रस्त बनेको भुटाहाको स्थिति शुक्रबार झनै अनियन्त्रित बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । घटनामा केही सुरक्षार्मीसहित दर्जनौं घाइते भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved