पैसा कमाउन गएका बाबु आमाको निधन भएपछि केटा केटिको भयो बिजोक

  • प्रकाशित मितिः असार २४, २०७५
  • 1351 पटक पढिएको
  • Mausam

 विवश र उनका भाई छ वर्षीय विशेषन घर्तीमगरलाई उनका बाबुआमा मौसम घर्तीमगर र जीतमाया घर्तीमगरले पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी छोडेको लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए ।

घर्तीमगर दम्पत्ति वैशाखअघि त्यहीँ नजिकैको सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जिविकोपार्जन गर्दै आएका थिए । वर्षात शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा घर्तीमगर दम्पत्ती वैशाखमा बिरूवा कन्ट्रक्सन प्रा.लि.ले जोमसोम–लोमान्थाङ सडक निर्माण मजदुरकारुपमा मुस्ताङ पुगेका थिए ।

कमाएर कोठा भाडा र छोराहरूले खाएको खाद्यान्नको पैसा बुझाउँछौं, छोराहरूलाई सहयोग गरिदिनु होला, तपाइँकै जिम्मामा छोडेर गयौँ भनेको आजै हो जस्तो लाग्दछ, घरभेटी वीरबहादुर गोदारले दुःख व्यक्त गर्नुभयो । बाबु र आमा दुवै अभिभावक गुमाएका नावालकको भविष्यकालागि सरकार लगायत सम्बन्धित निकायबाट उचित व्यवस्था गरिनुपर्ने उहाँको जोड थियो ।

नयाँ बजारस्थित मैत्री चिल्डे«ेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाइ खाइवरी दिउँसो स्कुल जाने गरेको नयाँ बजारमा नै बस्दै आएकी रोल्पा थवाङकी वीसमाया पुनले बताउनुभयो । “बिचरा साना बच्चा छन्, उनीहरूलाई बाबुआमाको मृत्यु भएको खबर दिन पनि सकेका छैनौं,” उहाँले भन्नुभयो, “बाबुआमाको मृत्युले यिनीहरूको विचल्ली हुनेभयो ।

छिमेकीका अनुसार घरपरिवारलाई सुखी र खुसी बनाउने सोचका साथ मंसीरमा दुबई गएका मौसम बिरामी भएपछि दुई महिनामै स्वदेश फर्की सेतीनदीको रामघाटमा श्रीमतीसँगै बालुवा बोकेर गुजारा टार्दै आएका थिए । सेती बढेसँगै बालुवा बोक्ने काम पनि बन्द भएपछि रोजगारको सिलसिलामा मुस्ताङ गएका मौसमलाई गएको तीन महिना नबित्दै नियतीले नराम्रोसँग ठग्यो, दुर्घटनामा श्रीमती सहित उनले ज्यान गुमाउन पुगे ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट पोखरा विमानस्थलमा ल्याइएका मौसम दम्पत्तिको शव पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

रोजगारीका लागि विकट जिल्ला रोल्पाबाट आएर दुई छोराको पालन पोषण र शिक्षाका लागि मुस्ताङ पुगेका मौसम दम्पत्तिको बारेमा दुःख व्यक्त स्वाभाविकै भएपनि अभिभावक गुमाएका बालकहरूको भविष्यका लागि सरकार, विभिन्न संघसंस्थाले तत्काल सोच्नु अपरिहार्य भएको उनीहरूको कोठामा पुग्नेहरूको एउटै धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved