सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शन आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

  • प्रकाशित मितिः चैत्र २७, २०८०
  • 165 पटक पढिएको
  • जीवन फुयाल

सुनसरी/राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिनुभएको छ । आजदेखि यहाँ सुरु भएको १२ वर्षे कुम्भमेलाको उद्घाटन तथा उहाँको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्बाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गर्नुभयो । जनता आफैँले बनाएको संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य मानेको छ”, उहाँले भन्नुभयो, “यो दर्शनलाई आत्मसात् गर्दै राजनीतिमा जो–जो जताजता भए पनि दिगो विकास, सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक छ ।” उहाँले कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो । राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नुभएको र बुद्ध, ईशा र हजरत महमदले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्षपहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेको विचार व्यक्त गर्नुभयो । उहाँले पूर्वीय दर्शनले अभिप्रेरित गरेको सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको सम भाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि मूल लक्ष्य भएको पनि स्पष्ट पार्नुभयो । उहाँले ऋषि महर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थल, एक पवित्र तीर्थस्थल बराहक्षेत्रको वक्षस्थलमा रहेको प्राचीन हरिद्वार चतरा धामको पवित्र कुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति भएको उल्लेख गर्दै चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मात्र होइन विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको पनि बताउनुभयो । राष्ट्रपति पौडेलले नेपाल भौगोलिक, आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले उच्चतम स्थान भएको र हिमालयको काखमा अवस्थित सुन्दर र शान्त नेपालमा कैयौँ महिमामय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थल तथा प्रकृतिको वरदानका रुपमा प्रशस्त नदीनाला, हिमशृङ्खला, तालकुण्ड, आश्रम वा तपोभूमिहरू रहेको उल्लेख गर्दै परापूर्वकालदेखि नै हिमशृङ्खलाबाट उद्गम भएर बग्ने पवित्र नदीहरूको प्रवाह, महान् व्यक्तित्वहरूको जन्म, तपसाधना र उहाँहरूबाट मानव जातिको सर्वोत्तम हितका लागि व्यक्त विचारका कारण यसको आफ्नै महत्व र महिमा रहँदै आएको पनि बताउनुभयो । राष्ट्रपति पौडेलले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन, विभिन्न जातजाति, धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने, राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण, संवद्र्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको कुम्भ मेला नेपालकै गौरव भएको बताउँदै गौरवपूर्ण यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रूप दिन आवश्यक भएको पनि बताउनुभयो । यसैबीच, राष्ट्रपतिले श्रीराधा सर्वेश्वर मन्दिरमा दर्शन तथा पूजा, अर्चना गर्नुभयो । त्यहाँ निर्माण गरिएको आचार्य केशवशरण स्मृति भवनको उद्घाटन पनि उहाँले गर्नुभएको थियो । महाकुम्भ मेलाको सफलताको शुभकामना व्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुम्भमेलाले बराहक्षेत्रको आर्थिक समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सरकारले यस्ता धार्मिक मेलाहरूलाई सामान्य पूजाआजाका रुपमा मात्र नलिई यसले देशकै पर्यटन तथा आर्थिक गतिविधि चलायमान बनाउने अवसरका रुपमा लिएर सहयोग गरेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायतले महाकुम्भको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । कुम्भमेलाका संस्थापक तथा नेपालका प्रथम जगद्गुरु बाल सन्त मोहनशरण देवाचार्यले शास्त्रहरूमा चतरामा कुम्भमेला लगाउने प्रशस्त आधार भेटिएकाले यहाँ कुम्भमेला लगाउन सुरु गरिएको बताउनुभयो । उहाँले कुम्भमेलामा सहभागी बन्न सबै नेपालीमा आह्वान गर्नुभयो । विसं २०८१ वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलामा देश विदेशबाट करिब ३० लाख दर्शनार्थी सहभागी हुने आयोजकको अनुमान छ । विगतमा भारतका विभिन्न स्थानमा मात्र कुम्भमेला लाग्ने गरेकोमा २०५९ सालबाट सुनसरीको चतरामा पनि कुम्भमेला लाग्न थालेको हो । चतरामा हरेक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने गरेको छ । हनुमान कथा वाचन महाकुम्भकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि आजबाट नवरात्र अनुष्ठान सुरु गरेको छ । अनुष्ठानअन्तर्गत रामचरित मानस नवपाठ परायण, वाल्मीकि रामायण पाठ, दुर्गासप्तसती चण्डीपाठ, राम पञ्चाङ्ग, चन्द्रकला सखीबाट राम कथा वाचनलगायत कार्यक्रम सुरु गरेको छ । पीठले वैशाख १ देखि सङ्कट मोचन श्रीहनुमद महायज्ञ गर्ने र वैशाख ५ मा पीठको निमन्त्रणमा भारतको बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्री (बागेश्वर सरकार) सहभागी हुने कार्यक्रम छ । शास्त्रीले चतरामा वैशाख ९ गतेसम्म हनुमान कथा वाचन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved