इटहरी उप–महानगरले नगरबासीलाई आशा जगाएको वर्ष २०८०

  • प्रकाशित मितिः बैशाख २, २०८१
  • 268 पटक पढिएको
  • जीवन फुयाल

इटहरी/ बर्ष २०८० इटहरीवासीका लागि आशा जगाएको वर्ष रह्यो। स्थानीय सरकार अर्थात् इटहरी उप–महानगरपालिकाले नयाँकामको शुरुवात गर्दै निराश बनेका नगरबासीलाई थोरै भएपनि आशा जगायो। २०८० सालमा धेरै नयाँ काममा हात हालेको इटहरी उप–महानगरले सम्भावना अझै बाँकी रहेको अनुभूत गरायो। 

निर्वाचित भएको पहिलो वर्ष खासै कामको मेलो अगाडी बढ्न नसकेपछि इटहरीवासीमा उत्साह छाएन, जो आएपनि उस्तै भन्दै निराश बने । तर ०८० सालमा भने इटहरी उप–महानगरले देखाएको सक्रियताले नगरबासीमा नयाँ आशा पलायो ।

उप–महानगरले वर्षको अन्तिम महिनाबाट टेङ्ग्राखोला सफाइ अभियान शुरु गर्‍यो । धेरैले खोला पैनी सफाइ होला र ? भन्दै अविश्वास गरेका थिए। अघिल्ला सरकार जस्तै यो सरकारले पनि काम गर्नेमा इटहरीवासीमा विश्वास थिएन । तर उप–महानगरले काम थाल्यो। यो कार्यलाई लिएर इटहरी उप–महानगरलाई हेर्ने दृष्टिकोणमा थोरै भएपनि बदलाव आएको छ। 

वर्षको शुरुवातमा कर वृद्धिको तीव्र विरोध भयो । तर कर समायोजन गरेपछि भने विवाद मत्थर भयो। सार्वजनिक शौचालय, अस्पताल सुधार, विद्यालय खाजा कार्यक्रम, निःशुल्क घर नक्सा, विद्यालयमा एउटै पोशाक, निजीविद्यालयको नयाँ वर्गीकरण र शुल्क निर्धारण, पूर्वाधार बिकासका केही नयाँ काम यही वर्ष शुरु भए।

सुधारका लागि उपमहानगरले २७ बुँदे सङ्कल्पपत्र यही वर्ष सार्वजनिक गरेको छ।

निःशुल्क घर नक्सा

इटहरीले ०८० सालदेखि इटहरीमा घर नक्सा बनाउन अनलाइन सिस्टम शुरु गर्‍यो । ईविपीएस सिस्टमले घर नक्सा शाखाको भिड स्वाट्टै हटाइदियो। फाइल बोकेर फाँट फाँट धाउनुपर्ने बाध्यता हट्यो । 

१ हजार स्वायर फिट सम्मका घरको नक्सा निःशुल्क बनाइदिन पनि यहीवर्षदेखि शुरु भयो । गरिब, सीमान्तकृत वर्ग र मध्यमवर्गका लागि आर्थिक बोझ केही कम भयो । 

यो वर्ष केही महत्वाकांक्षी योजना शुरु भए। झन्डै दुई दशक अघि निर्माण भएको बसपार्क अस्तव्यस्त भएपछि व्यवस्थित बसपार्क बनाउन शुरु भयो। 

९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको लागतमा १८महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिनुभयो। नगर विकास कोषको  ७० प्रतिशत र उप–महानगरपालिकाको ३० प्रतिशत लगानी रहेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो। 

लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र सभाहल निर्माणको ठेक्का लागेको छ। धरान रोड र गोल्डेन चौकमा २ वटा आकाशे पुल निर्माणको ठेक्का लागेको छ। 

यस्तै आधुनिक सभाहल निर्माणको पनि ठेक्का लागेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो। इटहरी ५ स्थित काव्यवाटिको जग्गामा ३ तले सुविधा सम्पन्न, ५ सय मानिस अट्ने सभाहल निर्माणको ठेक्का लागेको उहाँले जानकारी दिनुभयो। यी दुवै महत्वकाक्षी योजना यो वर्ष ठेक्का लागेपनि निर्माण शुरु भने २०८१ मा हुनेछ। हुनेछ

sabha grihaनिर्माण गरिने पूर्वाधारको गुणस्तर मापन गर्न उप–महानगरले प्राविधिक ल्याब सञ्चालनमा ल्याएको छ। डन्डी, सिमेन्ट,इटा,गिटी बालुवाको गुणस्तर मापन गर्न प्राविधिक ल्याब स्थापित भएको छ। बाह्यपालिका तथा ठुला आयोजनाको निर्माण सामाग्रीको गुणस्तर मापन गर्न इटहरी ल्याउने गरिएको छ। यसबाट इटहरीको राजश्वपनि राम्रै वृद्धि भइरहेको छ। सेवा प्रवाह र प्रशासन सुधार 

पालिकाले प्रदान गर्ने सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थाल्यो । यसका लागि मुख्य रूपमा प्रशासनिक सुधार गरिएको उप–महानगरको दाबी छ। 

कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायताकक्ष जस्ता आधारभूतपक्षमा सुधार गरिएको प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिनुभयो। 

स्पष्टीकरण सोधेर मौका दिँदापनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्काशन गरिएको उप–महानगरले जनाएको छ। छड्के चेकजाँच, फाँट सरुवाले पनि कर्मचारीलाई नियममा बस्न बाध्य बनाएको छ। यो वर्ष फाँट सरुवाले कर्मचारी वृत्तमा हङ्गामा नै सृजना गरेको थियो। उपमेयर र केही वडा अध्यक्षहरूले विरोध जनाए तर पछि त्यो विषय आफै सेलाएर गयो। नागरिकलाई सहज ढंगबाट सेवादिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो।

सेवाग्राहीको निवेदन लेखिदिने, नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पुर्‍याएर काम गरिदिने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताउनुभयो। 

उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ। सेवालिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी पिउन पाउँछन् ।

इटहरी उप–महानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ। उप–महानगर र सो अन्तर्गतका सबै कार्यलयहरुमा सिसिटिभी क्यामरा जडान शुरु भएको छ। डिजिटल प्रविधिको प्रयोगले सेवाप्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने बिश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved