नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले अधिवेशनको उद्घाटन

  • प्रकाशित मितिः जेठ ६, २०८१
  • 1028 पटक पढिएको
  • जीवन फुयाल

इटहरी । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन शनिबारबाट सुरु भएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि बोल्दै पोखरेलले पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्व आवश्यक पर्ने बताए । उनले जनताका विषयलाई बोकेर जानुपर्नेमा समेत जोड दिए । मिसन ८४ लाई गति दिन पार्टीलाई बलियो बनाउनुपर्नेमा समेत उनको जोड थियो । 

यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री भीम आचार्य र शेरधन राईले सुनसरी अन्य जिल्लाहरू भन्दा पृथक विशेषता बोकेको जिल्ला भएको बताउँदै सुनसरीलाई लाल किल्ला बनाउनुपर्नेमा जोड दिए । 

कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले पार्टीको विधि प्रक्रिया र पद्धतिलाई सबैले अँगालेर जानुपर्ने बताए । उनले कार्यक्रर्ताहरुलाई बजेट नीति तथा कार्यक्रममा सुझाव दिन पनि आग्रह गरे ।

सर्वसम्मत नभएपछि चुनाव नेकपा एमाले सुनसरीको नयाँ नेतृत्वका लागि सर्वसम्मत प्रयास भएपनि सफल नभएपछि चुनाव हुने भएको छ । सुनसरी अध्यक्षका लागि निलम खनाल र खेमराज पोख्रेल चुनावमा भिड्ने भएका छन् । 

अध्यक्षको आकाङ्क्षी खेमराज पोख्रेल यसअघि सातौँ जिल्ला अधिवेशनमा पनि रेवती रमण भण्डारीसँग पराजित भएका थिए । निलम खनाल अहिले उपाध्यक्ष छन् । खनाललाई पार्टीको संस्थापन पक्षको साथ रहेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved