इटहरी वडा नम्बर १ को शिक्षामा प्राथमिकता : मुसहरीमा ट्युसन कक्षा, राष्ट्रिय माविमा प्राविधिक धार

  • प्रकाशित मितिः जेठ २०, २०८१
  • 965 पटक पढिएको
  • जीवन फुयाल

इटहरी । इन्द्रजित सदा कक्षा ६ मा पढ्छन् । इटहरी उप महानगरपालिका वडा नम्बर १ मुसहरी टोलमा घर भएका सदाका बुबा आमा जनबनी गर्छन् । जनबनी गर्ने भएकाले उनका बुवा आमा बिहानै काममा निस्कन्छन् ।
बुबा आमा नभएपछि इन्द्रजित मन लागेको बेला विद्यालय जान्थे मन नलागेको बेला घरमै खेलेर बस्थे ।
उनका साथीहरू अमित, वन्दना र सन्तोषीको अवस्था पनि उही थियो । मन लागेको बेला विद्यालय जाने नलागेको बेला नजाने ।
एक वर्षको अवधिमा इन्द्रजितमा ठुलो परिवर्तन आएको छ । इटहरी नगरपालिका वडा नम्बर १ को कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ ।
ट्युसन कक्षमा आउन थालेपछि इन्द्रजित नियमित विद्यालय जान थालेका छन् । उनी स्कुल मात्रै नियमित गइरहेका छैनन् घरमा गर्नु पर्ने गृहकार्य पनि नियमित गर्छन् ।
नियमित विद्यालय जान र गृहकार्य जान थालेपछि उनको पढाइ सुध्रिएको छ । पढाइसँगै उनको आनीबानीमा पनि परिवर्तन आएको छ । उनले सरसफाइमा समेत ध्यान दिन थालेका छन् ।
धोइ पखाली गरेर सफा लुगा लगाउने र चिटिक्क हुन थालेका छन् इन्द्रजित । इन्द्रजीतकै सिको पछ्याउँदै नियमित विद्यालय जान थालेका छन् अमित सदा पनि ।
वन्दना र सन्तोषी पनि आजकाल कक्षा छुटाउँदैनन् । विद्यालय होस यो ट्युसन । दुवै नियमित भएपछि उनीहरू अहिले विद्यालयमा लेखपढ गर्न जान्ने विद्यार्थीमा गनिन थालेका छन् । उनीहरू सबै जना जनजागृति आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्छन् ।
१० महिना अघिबाट वडा नम्बर १ ले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ । ट्यसन कक्षमा ५७ जना बालबालिका भेला हुन्छन् । उनीहरूका लागि वडाले ३ जना शिक्षकको व्यवस्था गरेको छ ।
ुसट्यन कक्षमा उनीहरू खाजा पनि खान पाउँछन् । बालबालिकाका लागि वडाले कपी, कलम र पेन्सिलको पनि व्यवस्था गरेको छ । उनीहरूलाई विभिन्न खेलकुदका सामाग्री समेत वडाले उपलब्ध गराएको छ । ु
मुसहर बालबालिकालाई ट्युसन पढाउने कविता सदाले वडाले कक्षा सञ्चालन गरेपछि मुसहर बालबालिकामा परिवर्तन सुरु भएको बताइन् । खाजाको समेत व्यवस्था भएपछि उनीहरू ट्युसन कक्षामा आउने गरेको बताइन् ।
खेलका माध्यमबाट हामी उनीहरूलाई सिकाउँछौ । उनले सुनाइन्, “ट्युसनमा आउन थालेपछि उनीहरू माछा मार्न, धुलोमा खेल्न समेत जान छाडेका छन् । यसले उनीहरूको स्वास्थ्यमा समेत सुधार भएको छ ।”
ट्युसन कक्षामा मुसहर समुदायका बाहेक सीमान्तकृत अन्य समुदायका बालबालिका समेत पढ्न आउने गरेका छन् ।
इटहरी वडा नम्बर १ मा १ सय ५०को हाराहारीमा मुसहर समुदायको घर रहेको छ । यस्तै ५० भन्दा बढी माझी, ४ सय भन्दा बढी आदिवासी थारुहरूको घर रहेको छ । उनीहरूलाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरिएको शिक्षक कविता सदाले बताइन् ।
ट्युसन कक्षा सञ्चालन गर्न ५ लाख रुपैयाँ बजेट वडाले विनियोजन गरेको थियो । सो रकमले ट्युसन पढाउने शिक्षकलाई पारिश्रमिक र स्टेश्नरीको व्यवस्था गरिएको वडा अध्यक्ष कैलाश कार्कीले बताए ।
कार्कीका अनुसार मुसहर समुदायका बालबालिकाको शिक्षाको अवस्था सुधार गर्नका लागि आफूहरुले ट्युसन कक्षा सञ्चालन गरेको बताए । उनले भने, अबिभावकहरुले घरमा बालबच्चालाई पढाउन समय दिन नसकेका कारण समस्या थियो । हामीले ट्युसन कक्षा सुरु भएपछि उनीहरूको शैक्षिक सिकाई सुधार भएको छ । ”
उनले सो समुदायसँग जोडिएका सीमान्तकृत र विपन्न परिवारका केटा केटीलाई पनि कक्षमा सामेल गराइएको बताए ।
विद्यालय नजाने बच्चाहरू नियमित विद्यालय जान थालेका छन् । उनले भने, “पढाइमा मात्रै होइन स्वास्थ्य र सरसफाइमा समेत उनीहरूको सुधार भएको छ ।”
उनले यो कार्यक्रमलाई निरन्तर दिनु पर्ने माग समुदायबाटै आएको बताए । उनले यस पटक पनि यो कार्यक्रमलाई निरन्तरता दिने तयारीमा रहेको बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका कैलाश कार्की रतन २०७९ मा भने वडा अध्यक्षमा निर्वाचित भए ।
पहिलो कार्यकालमा कार्यवाहक वडा अध्यक्ष भएर लामो समय वडाको नेतृत्व गरेका कार्कीसँग गरिएको संक्षिप्त कुराकानी
वडा नम्बर १ ले के विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?
इटहरी उप महानगर हुनुभन्दा यो हाँसपोसा गाँउ विकास समिति थियो । हाँसपोसाको ३ वटा वडा मिलाएर अहिले इटहरी उप महानगर पालिकाको वडा नम्बर १ बनाइएको छ ।
यो वडामा २३ सयको हाराहारीमा घर धुरी रहेको छ । यो वडामा बसाइँ सरेर आउने क्रम उच्च भए पनि आदिवासी समुदाय मुसहर समुदाय र सीमान्तकृत समुदायको बसोबास रहेको छ ।
यसो भएकाले हामीले यो वडामा शिक्षालाई बढी प्राथमिकतामा राखेर काम गरेका छौ । मुसहर समुदायका बालबालिकालाई वडाले निःशुल्क ट्युसन पढाउने काम गरेका छौ भने उनीहरूलाई खेलकुदका सामाग्री समेत वडाको तर्फबाट वितरण हुने गरेको छ ।
हामीले वडामा रहेका मुस्लिम विद्यार्थीहरूका लागि पनि हामीले काम गरेको छ । केही मुस्लिम बालबालिका मदरसामा मात्रै पढ्दै आएकोमा वडाको सहजिकरणमा सामुदायिक विद्यालयमा समेत भर्ना भएका छन् ।
विद्यालयमा नजाने अवस्था रहेको ले मदरसा सँग सँगै विद्यालयमा पनि जानु पर्छ भनेर प्राथमिकता मा राखिएको छ । हाम्रै वडामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय प्राविधिक धार तर्फ इटहरीमा नै उत्कृष्ट छ ।
यसै वर्षदेखि हामीले सामुदायिक विद्यालयमा होटल म्यानेजमेन्ट समेत पढाउन सुरु गर्ने तयारी गरेका छौ । यस अघि नै हामीले सो विद्यालयमा इन्जिननियरींग विषयमा समेत पठन पाठन गरिरहेका छौ ।
राष्ट्रिय माविलाई हामीले उत्कृष्ट विद्यालय बनाउन आवश्यक सहयोग र सहजिकरण गरिरहेका छौ । विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । विद्यार्थीहरूले भर्ना पाउन नसक्ने अवस्थामा विद्यालय पुगेको छ ।
हामीले यसको भौतिक पूर्वाधार विकासमा पनि काम गरिरहेका छौ । राष्ट्रिय माविमा प्रबिधीक तर्फ तीनबर्षे सिभिल इन्जिनयरीग र १८ महिने प्रि डिप्लोमा कक्षा सञ्चालन भइरहेको छ ।
२०६९ साल देखि प्राविधिक धारको पढाई सुरु गरेको सो विद्यालयले तीन बर्से सिभिल इन्जिनियरींगमा ४८ जना र प्रि डिप्लोमामा ४० जना विद्यार्थी वार्षिक रूपमा पढाउँदै आएको छ ।
पूर्वाधार विकासमा वडाले कसरी काम गरिहरेको छ रु
भौतिक पूर्वाधारका हिसाबले यो वडा पछाडि परेको वडा हो । बसाइँ सरेर आउने क्रम तीव्र भएपछि खेती योग्य जमिनहरूमा प्लटिङ भएको छ । अव्यवस्थित रूपमा प्लटिङ गरिँदा डुबानको समस्या थियो ।
अव्यवस्थित रूपमा भएको प्लटिङका कारण वडा नम्बर १ मा डुबानको समस्या थियो । हामीले यो समस्या समाधान गर्न ड्रेनको व्यवस्थापन गरिरहेका छौ ।
हामीले ड्रेनका लागि मात्रै प्रदेश सरकार, उप महानगर र वडाको बजेटबाट ८० लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छौ ।
यस्तै बाटोको स्तरोउन्नती र कालोपत्रे बनाउने समेत काम भएको छ । हामी आएपछि वडामा ८ किलोमिटर जति बाटो कालोपत्रे तथा ब्लक ओल्छ्याएका छौ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved