इटहरीमा एक महिने हेयर कटिङ तालिमको समापन तथा प्रमाणपत्र वितरण

  • प्रकाशित मितिः असार ४, २०८१
  • 590 पटक पढिएको
  • जीवन फुयाल

इटहरी । सुनसरीको इटहरीमा एक महिने हेयर कटिङ तालिमको समापन गरिएको छ । घरेलु तथा साना उद्योग इटहरीको आयोजना र इटहरी उपमहानगर वडा नं ६ को सहकार्यमा तालिम समापन भएको हो । तालिममा कपाल काट्ने सम्बन्धी बेसिक तालिम प्रयोग हुने औजार चलाउने विधि यसको महत्त्व र संरक्षण बारे ज्ञान प्रदान गराइएको थियो । गत वैशाख अन्तिम साता देखि ज्येष्ठ अन्तिम साता सम्म सञ्चालन भएको हेयर कटिङ तालिममा २० जनाले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरूलाई सैलुनमा प्रयोग हुने सामग्री र कपाल काट्ने बेसिक तालिम प्रदान गरिएको प्रशिक्षक टिटो हेयर कटिङ सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक शम्भु ठाकुरले बताए ।

कार्यक्रममा सभापति एवम् घरेलु तथा साना उद्योगका अधिकृत शङ्कर आचार्यले सानो लगानीबाट पनि धेरै मुनाफा लिन सकिन्छ भन्ने उदाहरण पछिल्लो समय सैलुनहरूमा कार्यरत मजदुरहरूले देखाइरहेको बताए । उद्योगले यस्तै साना क्षेत्रमा लगानी गरी थोरै भए पनि युवाहरूलाई प्रोत्साहन गर्ने कार्य अन्तरगत यो पटक हेयर कटिङ सम्बन्धी एक महिने तालिमको आयोजना गराइएको बताए । 

कार्यक्रमका प्रमुख अतिथिले इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले पछिल्लो समय कामकाे खोजीमा भाैतारीदै विदेश पलायन हुने युवाहरूको सङ्ख्या दैनिक बढिरहेकोले त्यस्ता युवाहरूलाई स्वाेदेशमै स्वाेराेजगार बनाउन यस्ता साना तालिमहरूले पनि ठुलो महत्त्व राख्ने बताए । सुरुमा सिप सिक्ने र त्यसलाई कार्यान्वयन र सदुपयोग गरे मात्रै पनि युवाहरू आफै आत्मनिर्भर बन्न सक्ने वडाध्यक्ष पोख्रेलको भनाइ थियो । कार्यक्रममा तालिम समापन सँगै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved