बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि ९ वटा सहकारी समस्याग्रस्त घोषित

  • प्रकाशित मितिः असार २४, २०७५
  • 1211 पटक पढिएको
  • Mausam

–बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको भन्दै सरकारले नौ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले नौ वटा सहकारीलाई समस्याग्रस्तको सूचीमा राखेको हो । यसअघि एउटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । यो सँगै समस्याग्रस्त सहकारीको संख्या १० वटा पुगेको छ । 

समस्याग्रस्त संस्थामा चार्टड बचत तथा सहकारी सँस्था, प्यासिफिक, कन्जुमर, प्रभु, भेगास, कुँवेर, स्टाण्डर्ड, स्टाण्र्डड मल्टिपर्पोज कोअपरेटिभ छन् । यसअघि ओरियन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । ओरियन्टलले ६ अर्ब ८६ करोड बचतकर्तालाई फिर्ता गर्न नसकेपछि समस्याग्रस्त घोषणा गरेर छानविन भइरहेको छ । 

सहकारी विभागका प्रवक्ता नारायण प्रसाद अर्यालले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेर यी नौ वटा सहकारीमा पनि छानविन थालिएको बताए । उनले नेपाल सरकारले गठन गरेको आयोगले ओरियन्टल सँगै १ सय ३० वटा सहकारीले बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेको देखिएकोमा अहिले ९ वटा त्यस्ता सँस्था भेटिएको उल्लेख गरे । अर्याल यी समस्याग्रस्त ९ वटा संस्थाले १ अर्ब ३९ करोड रुपैयाँ बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । 

 ओरियन्टल सहकारीको व्यवस्थापनको लागि गठन भएको पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वका  समिति गठन गरेको थियो । सोही समितिले यी नौ वटा सहकारीको व्यवस्थापनको प्रक्रिया अगाडी बढाउनेछ ।  समितिले सम्पत्ति र दायित्व एकिन गरेर कहाँ कहाँ तरल सम्पत्ति छ सोको छानबिन गर्ने प्रवक्ता अर्यालले बताए । 

सहकारी ऐन २०७४ ले राम्रोसँग सञ्चालन हुन नसकेका सहकारी, अनुगमन गर्दा ठुलो समस्या भएको, बचत कर्ताको पैसा फिर्ता गर्न नसकेको, अनियमितता गरेको संस्थालाई मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सक्नेछ । यसको लागि पहिला रजिष्ट्रारले मन्त्रालयलाई सम्बन्धित संस्थाको सिफारिस गर्नुपर्छ ।  त्यही आधारमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्छ । 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved