४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला

  • प्रकाशित मितिः साउन ३०, २०८१
  • 861 पटक पढिएको
  • समय अनलाइन

इटहरी- इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ।उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो।

झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले पाएको थियो। नेपालको अटोमोबाइल व्यवसायमा यो कम्पनीको यसअघि कतै सहभागिता रहेको देखिँदैन। स्पेसिफिकेसन बनाउँदादेखि नै इटहरी उपमहानगर र उक्त कम्पनीबीच सेटिङ रहेको देखिएको छ। टहरी उपमहानगरले किनेको चारवटा विद्युतीय बसको आधिकारिक आयातकर्ता भने स्पार्क अटोमोटिभ्स प्रालि रहेको भन्सारमा पेश गरेको कागजातमा उल्लेख छ। स्पार्क अटोमोटिभ्सले आफै विद्युतीय बसको टेण्डरमा सहभागी नभएर तेस्रो कम्पनी खडा गरेको देखिन्छ। यसले गर्दा इटहरी उपमहानगर र गाडी आपूर्तिकर्ताबीच सुरुदेखि नै ‘मिल्नेगरी’ काम गर्ने सहमति भएको प्रष्टै हुन्छ। 

खडारिएको देखिन्छ। सो एजेन्ट कम्पनी नेसनल फायर सेफ प्रालिले इटहरी महानगरपालिकाले उक्त बस भ्याटसहित १ करोड ५९ लाख २१ हजार ७ सय रुपैयाँमा बिक्री गरेको छ।

एजेन्ट कम्पनीले इटहरी उपमहानगरलाई बिक्री गरेको गाडीमा प्रतिविद्युतीय बस ३७ लाख रुपैयाँ धेरै राखेको छ। यसमा कम्पनीको केही लाख रुपैयाँ खर्च लागेपनि नेसनल फायर सेफ प्रालिले प्रतिविद्युतीय बस ३५ लाख रुपैयाँभन्दा बढी नाफा असुल गरेको छ। 

हालसम्म नेपालमा भएका सबै गाडी खरिद टेण्डरमा न्यून मूल्यमै पर्ने गरेको छ। तर इटहरी उपमहानगरपालिकाले गरेको टेण्डरमा भने अधिक नाफा राखिएको पाइएको हो। उपमहानगरले नगरबासीलाई सेवा दिन भनेर ल्याएको बसमा नगरबासीकै करको रकममा ठूलो घोटाला भएको छ। 

इटहरी उपमहानगरले २०८० कात्तिक ३ मा टेण्डर आह्वान गरेको र माघ १९ मा नेसनल फायर सेफ प्रालिलाई टेण्डर दिएर सम्झौताको लागि बोलाएको थियो। कम्पनीले फागुन २ गते सम्झौता गरिपाउँ भनी उपमहानगरमा निवेदन दिएको थियो। २०८० फागुन ८ गते इटहरी उपमहानगरपालिका र नेसनल फायर सेफ प्रालिबीच सम्झौता भएको इटहरी उपमहानगरको सार्वजनिक सूचना निकालेको मेसिनरी औजार व्यवस्थापन शाखाका प्रमुख गणेश भट्टराईले बताए।

चारवटा २५ सिट क्षमताको विद्युतीय बस खरिद गर्न भ्याटबाहेक ६ करोड ८ लाख ८४ हजार ९ सय ५५ रुपैयाँमा टेण्डर भएको र भ्याटसहित ६ करोड ३६ लाख ८६ हजार ८ सय रुपैयाँमा ४ वटा विद्युतीय बस किनिएको हो। उक्त टेन्डरमा एनईभी नेपाल प्रालि, नेसनल फायर सेफ प्रालिलगायत तीन कम्पनी प्रतिस्पर्धामा थिए।

स्थानीयलाई सार्वजनिक यातायातको सुविधा बढाउनको लागि विद्युतीय सवारी खरिद गरेको उपमहानगरपालिका प्रशासनले उल्लेख गरेको छ। पेट्रोलियम सवारीमा दैनिक सञ्चालन खर्च बढी आउने भएपछि विद्युतीय गाडी खरिद गरिएको हो। 

उपमहानगरपालिकाले चार्जिङ स्टेसनको निर्माणलगायतको तयारी गरिरहेको छ। गाडी गुडाउने रुट तयार पार्न एक समिति नै गठन गरेको उपमहानगरपालिकाले असोज १ गतेदेखि चारवटा विद्युतीय नगरबस चलाउने तयारी गरेको छ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved