काठमाडौ / सहकारीको रकम अपचलन प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन विशेष समितिले सोधपुछका लागि बोलाएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सोधपुछका लागि समितिले बोलाएको हो ।
समिति सभापति सूर्य थापाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई भोलि शुक्रबार दिउँसाे २ बजे सोधपुछका लागि बोलाइएको हो ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved