आईतबार (आज) विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि मनाइएको छ ।
‘परिवार नियोजन मानव अधिकार’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइएको हो ।
यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनसंख्या नियन्त्रणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले परिवार नियोजनमार्फत् जनसंख्या नियन्त्रण गर्ने राष्ट्रिय अभियानलाई अझै प्रभावकारी बनाउन सरकारले बहस, छलफलजस्ता कार्यक्रमलाई जोड दिने नीति लिएको पनि बताएकी छन् ।
जनसंख्याका मुद्धाहरुलाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।
नेपाल सरकारले पनि जनसंख्याको उचित व्यवस्थापन गर्न परिवार नियोजनको अभियानलाई प्रभावकारी बनाउन जोड दिँदै आएको छ ।
राज्यमन्त्री अर्यालले मुलुकको समृद्धिका लागि पनि परिवार नियोजनको अभियानमार्फत जनसंख्या नियन्त्रणको कामलाई अघि बढाउने पनि स्पष्ट पारेकी छन् । उनले परिवार नियोजनको कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सम्बन्धित निकायलाई पनि सचेत गराइन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved