सिर्जना बुढाथोकी/धनगढीः धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीकी विनिता जोशीको तरकारी, फलफूल तथा खाद्यन्न पसल छ। ग्राहकलाई उनले पोलिथिनको झोला होइन, फाइबर (सजिलै कुहिने) झोलामा तरकारी बेच्दै थिइन्। त्यसो त ग्राहकहरूले तरकारीसँगै फाइबरको झोला पनि किन्दै थिए। नगरपालिकाभर यस्तै छ, हाम्रोमा प्लास्टिकको झोलानै पाइदैन’, उनले भनिन्, ‘प्लास्टिकको झोला दियो कि कारबाही हुन्छ, जरिबाना तिर्नुपर्छ, त्यसैले उपमहानगरपालिकाले गरेको यो राम्रो काममा हामीले पनि साथ दिनुपर्छ भनेर फाइबरको झोलामै सामान दिने गरेकी छु।’ घरमा उत्पादन हुने कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर छुट्याउने गरेको उनले सुनाईन। फोहोर व्यवस्थापन हेर्न धनगढी उपमहानगरपालिका जाँदै गर्दा बाटोमा सिसाका बोतल छुट्टाइरहेका दिदीबहिनी पनि भेटिए । धनगढी उपमहानगरपालिका–३ बोराडाडीकी २९ वर्षकी चन्द्रा राना केही वर्षदेखि फोहोरबाट सिसाका बोतलहरू छुट्याउने काम गर्दै आएकी छिन् । उनका श्रीमान् ट्याक्टर चालक हुन् । श्रीमान्को कमाईले मात्रै चन्द्राको घरखर्च चल्दैन । दुई छोराकी आमा चन्द्रा एकाबिहानैदेखि यो काम गर्छिन् । जसवापत उनले मासिक १८ हजार
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved