भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्म 'वर एण्ड वधु' युनिटको इटहरीमा पत्रकार भेटघाट

  • प्रकाशित मितिः भदौ ७, २०८१
  • 926 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ यहि भदौको १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वर एण्ड वधु’ को इटहरीमा पत्रकार भेटघाट सम्पन्न भएको छ । फिल्म युनिटले 'वर एण्ड वधु' प्रचारप्रसारलाई कोशी प्रदेशबाट सुरु गरेको छ । झापाको विर्तामोड र सुनसरीको धरानमा पत्रकार भेटघाट गरेको फिल्म युनिटले आज इटहरी र विराटनगरमा पत्रकार भेटघाट गरेको हो । आज शुक्रवार इटहरीको इलाईट सिनेमा हलमा भएको भेटघाटमा फिल्मका निर्मात्री जानुका थापा, निर्देशक मिलन चाम्स, प्रमुख कलाकारहरू किरण केसी 'रातामकै', आँचल शर्मा, र विवेक कर्माचार्यको उपस्थिति रहेको थियो ।

पत्रकारहरू माझ बोल्दै निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ लाई एउटा उच्च स्तरको फिल्मको रूपमा चित्रण गर्दै 'यो फिल्म दिमागले हैन, मनले हेर्नुपर्ने' बताए । उनले नेपाली चलचित्र उद्योगमा नयाँ स्तरको सिर्जना गरेको बताउँदै दर्शकहरूलाई फिल्म मनले हेर्न आग्रह गरे । कार्यक्रममा प्रमुख कलाकार किरण केसी 'रातामकै' ले पनि फिल्मको प्रशंसा गर्दै 'वर एण्ड वधु एउटा विशुद्ध नेपाली फिल्म बनेको' भने । उनले निर्देशक चाम्सको नेतृत्वमा बनेको फिल्म र कलाकार आँचल शर्मा र विवेक कर्माचार्यको अभिनयको पनि तारिफ गरे । साथै, उनले सम्पूर्ण दर्शकलाई यो फिल्म हेर्न अनुरोध गरे।

यसैगरी, अभिनेता विवेक कर्माचार्यले यो फिल्मबाट आफूलाई अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबैको समर्थनको अपेक्षा गरे । उनले दर्शकहरूको साथ र समर्थनले फिल्मलाई थप उचाइमा पुर्याउनेमा विश्वास व्यक्त गरे । अभिनेत्री आँचल शर्माले पनि फिल्मको बारेमा आफ्नो विचार राख्दै 'वर एण्ड वधु एक कमर्सियल फिल्म' भएको बताईन् । जसले पूर्ण मनोरञ्जन प्रदान गर्ने उनको भनाई छ । उनका अनुसार यसमा युवापुस्ताबीच हुने उतारचढावहरूलाई प्रस्तुत गरिएको छ । त्यसैले उनलाई सबैलाई फिल्म हेर्न आग्रह गरिन् ।

यो फिल्मलाई निर्देशन मिलन चाम्सले गरेका छन् । जो नेपाली चलचित्र उद्योगमा सफल निर्देशकको रूपमा परिचित छन् भने वर एण्ड वधु'को निर्मात्री जानुका थापा हुन् । सुदिप बरालले खिचेको फिल्मलाई सम्पादन मिलन श्रेष्ठले गरेका छन् । यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपाने लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved