सरुवा माग गर्दै १ हजारभन्दा बढी कर्मचारीको निवेदन, अध्ययन गर्दै मन्त्रालय

  • प्रकाशित मितिः भदौ १३, २०८१
  • 878 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ /संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफूलाई पायक पर्ने कार्यालय तथा निकायमा सरुवाको माग गर्दै एक हजारभन्दा बढी कर्मचारीहरूले निवेदन दिएका छन् । भदौ महिनामा मन्त्रालयले आफू मातहतका विभिन्न कार्यालयमा रहेका कर्मचारीहरूको सरुवा गर्ने प्रक्रिया अनुसार सरुवा चाहने कर्मचारीहरूबाट निवेदन माग गरेको थियो । इमेलबाट प्राप्त निवेदनहरू अध्ययन गर्ने काम भइरहेको मन्त्रालयको संघीय मामिला शाखा प्रमुख उपसचिव कमल भट्टराईले जानकारी दिए ।रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सरुवा हुन चाहने कर्मचारीहरूलाई निवेदन दिनका लागि हामीले सूचना आह्वान गरेका थियौँ । हामीले दिएको इमेल ठेगानाहरूमा निवेदनहरू आएको छ । निवेदनको हामीले एउटा ढाँचा पनि तोकेका छौँ । त्यो ढाँचामा प्राथमिकता क्रम १, २ र ३ छ । उहाँहरूले इच्छा गरेको प्राथमिकता क्रम अनुसार मन्त्रालय, निकाय, कार्यालय उल्लेख गर्नुभएको छ । उहाँहरूले चाहेको कार्यालयमा खाली रहे नरहेको बुझ्छौँ र भएसम्म उहाँहरूले चाहेको पहिलो प्राथमिकताका कार्यालयमा पठाउँछौँ र नभएमा दोस्रो वा तेस्रो प्राथमिकता भएका कार्यालयमा पठाउँछौँप्राप्त भएका निवेदनहरूको अध्ययन गर्ने काम भइरहेको उनले बताए । स्थानीय र प्रदेश तहमा समायोजन भएका बाहेक संघ अन्तर्गतका कर्मचारीको संघीय मामिला मन्त्रालयले सरुवा गर्ने गर्छ । निजामती सेवा ऐन अनुसार भदौ महिनाभरमा निवेदन प्राप्त भएका कर्मचारीहरूको सरुवा हुने भट्टराईले जानकारी दिए  । 

  • १०६ शाखा अधिकृतलाई गाउँपालिका पठाउने तयारी

लोकसेवा आयोगबाट यो वर्ष उत्तीर्ण भएर तालिम हासिल गरेका नयाँ अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका गाउँपालिकाहरूमा खटाउने तयारी गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०६ जना नयाँ शाखा अधिकृतलाई बिहीबारदेखि दरबन्दी रिक्त रहेका स्थानीय तहका कार्यालयहरूमा खटाउने तयारी गरेको मन्त्रालयका उपसचिव भट्टराईले जानकारी दिए । 

उनले भने–‘नयाँ अधिकृतहरूको बिहीबारबाट तालिम सकिएको छ । शुक्रबारदेखि स्टाफ कलेजले मन्त्रालयमा काज फिर्ता गरिदिन्छ । सबै अधिकृतहरूलाई रिक्त ठाउँ देखाएर रोजाएर पठाउने तयारी छ । धेरै स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृत खाली रहेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएर कार्यसम्पादनमा समस्या भएका स्थानीय तहलाई पहिलो प्राथमिकता दिने भन्ने कुरा छ । हामी तुरुन्तै ती कार्यालयहरूमा पदस्थापन गरेर कार्यक्षेत्रमा पठाउँछौँ ।’ 

यस्तै निजामती सेवामा अनुभवी र पाको अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने मन्त्रालयको तयारी रहेको छ । देशका कूल ७५३ स्थानीय तहमध्ये २५६ स्थानीय तहमा दरबन्दी खाली रहेको छ । दरबन्दी खाली भएका स्थानीय तहमा मन्त्रालयले समयमा कर्मचारी पठाउन नसक्दा कार्यसम्पादनमा समस्या भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved