संसदमा भ्रष्टाचारको आरोप लगाउने दुई सासंदलाई मेयर पौडेलको खुल्ला चुनौती :

  • प्रकाशित मितिः भदौ १६, २०८१
  • 945 पटक पढिएको
  • समय अनलाइन

इटहरी / इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले विद्युतीय नगरबस तथा स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको भन्ने सार्वजनिक अभिव्यक्ति दिनेहरुलाई तथ्यहीन आरोप लगाउनुको साटो विधिसम्मत रुपमा छानबिन गरि दोषी प्रमाणित गर्न चुनौती दिएका छन्।

केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीका सासद अशोक चौधरीले प्रतिनिधि सभामा र एमालेकी कोशी प्रदेश सासद मिना श्रेष्ठले यो विषयमा कुरा उठाएका थिए। तर मेयर पौडेलले भने आरोप लगाउने सासदलाई चुनौती दिदै भनेका छन- छानबिन गराउ, दोषी प्रमाणित गर, त्यो दिन सांसदहरुको घरमा घरेलु कामदार बन्न तयार छु ।

जिम्मेवार जनप्रतिनिधिहरुले तथ्यहीन विषयमा अभिव्यक्ति दिएर सदनकै गरिमा होच्याएको उल्लेख गर्दै मेयर पौडेलले भने " यो देशमा भ्रष्टाचारको छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, मुद्दा चलाउने न्यायालय छ। अधिकार प्राप्त सरकारी सयन्त्रहरु छन। ती सबै निकायलाई गुहारेर छानबिन गर्न गराउन म ती सबैलाई खुला चुनौती दिन्छु ।

इटहरीका जनताको सेवा गर्न उनीहरुकै मतमार्फत आफू नगर सरकारमा रहेको र उपमहानगरवासीको सेवाका लागि आफुले कुनै सम्झौता नगर्ने दृढता प्रकट गर्दै मेयर पौडेलले भने " तथ्यहीन आरोप लगाएर रमाउन खोज्नेहरुलाइ म बिधीसम्मत रुपमा छानबिन गर्ने निकायमा उजुरी दिन, अथवा छानबिन समिती बनाएर छानबिन गर्न खुला चुनौती दिन्छु। उपमहानगरको कामबाट आत्तिएर स्वार्थको रोटी सेक्न अराजनितिक र भ्रामक कुरा नउचाल्न म चुनौती दिन्छु।" मेयर पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved