इटहरीमा आजबाट सुरु भयो विद्युतिय नगर बस ! आज र भोलि निशुल्क

  • प्रकाशित मितिः असोज २, २०८१
  • 680 पटक पढिएको
  • समय अनलाइन

इटहरीमा आजबाट सुरु भयो विद्युतिय नगर बस ! आज र भोलि निशुल्क

इटहरी / इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आज देखि ४ वटा विद्युतिय नगर बस सुरु गरेको छ । सुरुवाती चरण भन्दै आज र भोलि निशुल्क सन्चालन गरेको हो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आज नगर बसमा चडेर बिभिन्न वडाहरुको अवलोकन गरे । पत्रकार सम्मेलन गर्दै नगर बस सञ्चालनमा आउने जानकारी दिए। विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने भन्दै सर्वसाधरण उत्साहित भएको बताए ।

ग्रामिण भेगमा बस्ने जनतालाई शहर सँग जोड्ने उदेश्यले बस सन्चालनमा ल्याएको वताए । तिस बर्ष देखिको इटहरीको सपना आफुले पुरा गरेको मेयर पौडेलको भनाई थियो | नगर बसलाई ठाँउ ठाँउमा सर्वसाधरणहरुले फुल माला लिएर स्वागत गरेका थिए।

बस नेपालकै अत्याधुनिक र सुबिधा सम्पन्न भएको र स्थानीय तहहरु मध्ये यो बस खरिद गर्ने इटहरी उपमहानगर पहिलो हो । ।अपाङ्ग मैत्री बस भएको भन्दै शारारिक अपाङ्गता भएकाहरु समेत उत्साहित भएका छन ।


नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू. २० तोकिएको र बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।

 

यस्तो छ इटहरीको रुट !

धरान-विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सीमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरका प्रबत्ता दिवश पोखरेलले जनाए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved