काठमाडौं । गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन् । किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको छ। गीतलाई देवेश राईले एरेन्ज गरेका हुन ।
प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शंकर फिचर्ड गीतलाई ‘हिमाल राई अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
‘छेकामारी’ भिडियोलाई जीवन मुकारुङले छायांकन तथा सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved