इटहरी । जेसिज महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री केपी सर्मा ओली शनिवार इटहरी आउँदै छन् । प्रधानमन्त्री आउने भएपछि सुरक्षा निकायलाई चेकजाँचका लागि भ्याइ नभ्याई छ ।
प्रधानमन्त्रीको सुरक्षाका लागि भनेर एक हजार सुरक्षाकर्मीलाई परिचालन गरेको सुरक्षा निकायले महाधिवेशन स्थलमा प्रत्येकलाई चेकजाँच गरेर मात्र प्रवेस गराइरहेको छ ।
चेकजाँचमा खटिएका प्रहरी अधिकारी प्रत्येकलाई भनिरहेका हुन्छन् ‘बाहिरबाट ल्याइएको केही भित्र लान मनाइ छ । पानी, भोला, चुरोट, खैनी बाहिरै राख्नुहोला ।
पानी समेत खान नपाइने हो भन्ने जिज्ञासामा ती प्रहरी अधिकारीले भने, ‘पानी भित्र लान पाइँदैन, कालो मास्क, लगायत सबै खोल्नुपर्छ।”
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved