पुष २५ देखि धरान एक्स्पो २०८१ हुने

  • प्रकाशित मितिः पुस ८, २०८१
  • 543 पटक पढिएको
  • समय अनलाइन

सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा धरान १६ स्थित रंगशाला दक्षिणको खाली मैदानमा पुष २५ देखि माघ ५ गतेसम्म एक्स्पो हुने भएको हो । संघले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २० देखि २४ गतेसम्म सोही स्थानमा धरान डे उत्सव आयोजना हुने र २५ गतेदेखि एक्स्पो हुने जानकारी दिएको हो । 

संघका अध्यक्ष विजय श्रेष्ठले धरानको आर्थिक गतिविधि।, उद्योग व्यवसाय विकास र विस्तारमा योगदान पुर्याउने लक्ष्यका साथ विगत २ बर्षदेखि एक्स्पो आयोजना भइरहेको बताए । उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाका व्यापारी, व्यवसायी तथा सर्वसाधारणहरुको प्रर्दशनी अवलोकनको गर्न सहज हुने गरि एक्स्पो हुनेछ । 

एक्स्पोको तयारीको क्रममा धरानबाहेकका जिल्ला, नगर, गाउँपालिकामा उद्योगी, व्यवसायी, कृषक तथा नागरिकहरुलाई आकर्षित गर्न प्रचार कार्य शुरु भएको र यसले धरानको सुस्ताएको बजारलाई चलायमान बनाउने विश्वास लिएको पनि अध्यक्ष श्रेष्ठले बताए । 

एक्स्पोका मुल संयोजक गोपाल श्रेष्ठले दैनिक २० हजार मानिसले एक्स्पोले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अनुमामन गरिएको बताए । एक्स्पो सफल बनाउने ५०१ सदस्य रहेको आयोजक समिति पनि गठन गरिएको छ । एक्स्पोमा विभिन्न १४२ वटा स्टल रहनेछ । 

एक्स्पोको सुरक्षाको लागि सिसीटिभी जडान गरिएको छ भने दैनिक २० जना सशस्त्र प्रहरी, १० जना नेपाल प्रहरी र २० जना निजी सेक्युरिटी गार्डले सुरक्षा प्रदान गर्नेछ । एक्स्पोमा भारत, पाकिस्तान र बंगलादेशको पनि स्टल रहनेछ । पर्यटन, स्वास्थ्य, साहित्य सम्बन्धित स्टल पनि हुनेछ भने पर्यटन, कृषि, बित्तिय संस्था, स्वरोजगारसँग गोष्ठी तथा प्रशिक्षण पनि हुने आयोजकले जनाएको छ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved