प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा कार्य सम्पादन समिक्षा सम्पन्न

  • प्रकाशित मितिः पुस १२, २०८१
  • 579 पटक पढिएको
  • समय अनलाइन

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा पाँचौ मासिक कार्य सम्पादन समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ ।
पुस १२ गते भएको कार्यसम्पादन समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि मंसिर महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा, छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । समिक्षामा मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, अपराध पिडितलाई कारवाहीको प्रगति विवरण सुसुचित, सवारी दुर्घटना न्युनिकरणमा विशेष पहल, प्रहरीलाई नियमित अभ्यास तथा प्रशिक्षण, सम्वेदनशिल इलाकाहरुमा थप सिसि क्यामेरा जडान तथा स्तर बृद्धि, समुदाय साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सचेतना कार्यक्रम संचालन लगायतका बिषयहरुमा जिल्ला प्रहरी कार्यालय लगायत मातहत इकाईहरुबाट गरिएका कार्यहरुको समिक्षा गरिएको थियो ।
समिक्षा पश्चात प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरुमा आधारीत रहेर ईमान्दारीता पुर्वक र परिणाममुखी कार्य सम्पादन गर्न सबैलाई निर्देशन दिनुभयो । स्वईच्छाले हस्ताक्षर गरी प्रतिबद्दता जनाएको सम्झौतामा बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी आफ्नो योग्यता र क्षमताको उपयोग गरी आम नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved