कास्की जिल्ला अदालतमा आदेश लेखन कार्य जारी छ।

  • प्रकाशित मितिः पुस २५, २०८१
  • 699 पटक पढिएको
  • समय अनलाइन

सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहसका सबै प्रक्रिया सकिएपछि अहिले कास्की जिल्ला अदालतमा आदेश लेखन कार्य जारी छ। 

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका प्रतिवादीहरूमाथि लगाइएको सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अहिले आदेश लेखनको काम चलिरहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले थाहाखबरलाई जानकारी दिए। उनले आदेश आजै आउने सम्भावना रहेको पनि बताए।

उक्त मुद्दामा रास्वपाका सभापति पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रतिवादी भएकाले पनि आदेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले सबैको ध्यान कास्की अदालतमै छ। 

यसअघि आज कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले बहस सकिएपछि प्रतिवादीलाई बोल्न समय दिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै अनुरोध गरेका थिए। त्यसक्रममा उनले सहकारीपीडितलाई न्याय दिलाउन आफूले पहल गर्ने पनि बताएका थिए। 

कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आजै थुनछेक आदेश दिनसक्ने भएकाले सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

अदालतबाट आदेशको तयारी भएपछि अदालतको निषेधित क्षेत्र आसपास सुरक्षा कडा पारिएको र अन्य बाह्य क्षेत्रमा पनि आदेशपछि हुनसक्ने सुरक्षा थ्रेटलाई मध्यनजर गरी  निगरानी बढाइएको छ।

 त्यहाँ रविका समर्थक, रास्वपाका नेता कार्यकर्ता, सहकारी पीडितहरूको समेत उपस्थिति रहेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved