आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा श्रव्यदृश्य उत्पादनका सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः माघ ९, २०८१
  • 715 पटक पढिएको
  • समय अनलाइन

विराटनगर /कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई श्रव्यदृश्य उत्पादनका सामग्री (क्यामेरा र अडियो रेकर्डर) हस्तान्तरण गरेको छ । माघ ९ गते आन्तरीक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव कमल थापाले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै निमित्त प्रदेश सचिव कमल थापाले कोशी प्रदेश प्रहरी कार्यालयले आम जनमानसमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न संचालन गरीरहेको बिभिन्न सचेतनामुक कार्यक्रमहरुलाई थप टेवा पुर्‍याउनको लागि उक्त सामाग्रीहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । साथै वँहाले आगामि दिनहरुमा समेत यस्तो प्रकारको सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले कोशी प्रदेश प्रहरी कार्यालयबाट उत्पादित जनचेतनामुलक सामग्रीहरु सामाजिक संजाल, रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण गरी आम नागरिकमा सचेतना अभिवृद्धि गराउनको निम्ति प्राप्त भएको उक्त सामग्रीले सचेतनामूलक कार्यक्रमहरु उत्पादनमा थप प्रभावकारिता ल्याउने वताउनुका साथै सामग्री हस्तान्तरण गर्नु हुने कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई बिशेष धन्यवाद दिनु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा मन्त्रालयका पदाधिकारी तथा प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved