मोरङमा विद्यार्थीलाई पोसाक र जुत्ता सहयोग 

  • प्रकाशित मितिः असार १२, २०८२
  • 786 पटक पढिएको
  • समय अनलाइन

मोरङ। संखुवासभा तुम्लिङटारस्थित जेसिबीको आधिकारिक बिक्रेता लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि, लाइन इन्जिनियरिङ वर्कसप र गोर्खा अर्थ मुर्वस प्रालिले मोरङका ३४ विद्यार्थीलाई विद्यालय पोसाक तथा जुत्ता सहयोग गरेको छ । सुन्दरहैचा नगरपालिका वडा नं. ४ मा रहेको साजिलाल माध्यमिक विद्यालयको सृजनशील ब्लकको कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई आवश्यक विद्यालय पोसाक र जुत्ता एक कार्यक्रम गरी बुधवार हस्तान्तरण गरिएको हो । 
 
विपन्न विद्यार्थी अध्ययनरत यस विद्यालयलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यका साथ पोसाक र जुत्ता सहयोग गरेको लाइन विल्डर्स एन्ड कन्स्ट्रक्सन प्रालि सञ्चालक विकास लिम्बुले जानकारी दिए । आफ्नो गाउँ-ठाउँको विद्यालय समेत भएकाले कम्पनी मार्फत पोसाक र जुत्ता खरिद गरेर कार्यक्रम गरिएको र यस कार्यलाई भविष्यमा निरन्तरता दिइने लिम्बुको भनाई छ  । विद्यालयमा आयोजित कार्यक्रममा साजिलाल माबिका प्रअ श्याम बाबु काफ्ले शिक्षा तथा बालबालिकाहरूको हितमा गरिएको दान सर्वश्रेष्ठ दान भएकाले सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गरे । र यो विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्नको लागि यसरी नै सबैको सहकार्य अपरिहार्य हुने काफ्लेको भनाई छ । यस्तै सृजनशील ब्लकका प्रअ भजन कुमार सुवेदीले समेत सहयोग गर्ने कम्पनीका प्रतिनिधिहरूलाई आभार प्रकट गर्दै भोलीका दिनमा समेत यस्तै अन्य सहयोगको अपेक्षा गर्ने बताए । 
 
पोसाक तथा जुत्ता पाएपछि विद्यार्थीहरू उत्साहित बनेका थिए । प्राय विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु चप्पलको भरमा विद्यालय आउने गरेका थिए । विद्यालयलाई झन्डै ५० हजार रुपैयाँ बराबरको पोसाक र जुत्ता सहयोग गरिएको थियो । कार्यक्रममा कम्पनीका सेयर सदस्य दिलीप राई, रमिना सुब्बा, रेखा तामाङ र प्रदीप बास्तोला लगायतको उपस्थिति रहेको थियो । विद्यालयले सहयोग गर्ने कम्पनीका सञ्चालकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान समेत गरेको थियो । 
 
 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved