इटहरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

  • प्रकाशित मितिः असार २२, २०८२
  • 509 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो १२:३० बजेतिर खोलामा पौडी खेलिरहेका बालकहरू डुबेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
स्थानीयले इलाका प्रहरी कार्यालय पकलीमा खबर गरेपछि प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धार गरिएका बालकहरूलाई उपचारका लागि इटहरीस्थित सान्वी सिटी अस्पताल ल्याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई दिउँसो ४ः२० बजेतिर  मृत घोषित गरेका छन्।
मृत्यु हुनेमा इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) रहेका छन्। मुरा खोलाको दहमा डुबेका उनीहरूलाई प्रहरीले खोलाबाट निकालेको थियो शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ
घटनास्थल इलाका प्रहरी कार्यालय पकलीबाट करिब दुई किलोमिटर पूर्वदक्षिणमा पर्छ।  प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved