हिमाङ्शु राय र उनको ‘कोलाजगीत’ केशु विरही

  • प्रकाशित मितिः साउन २, २०८२
  • 695 पटक पढिएको
  • समय अनलाइन

पुस्तक समीक्षा

हिमाङ्शु राय र उनको ‘कोलाजगीत’
केशु विरही
‘केफास आस्था’ का नामबाट साहित्य र्सिजना कर्ममा लागेका हिमाङ्शु राय नेपाली साहित्यमा एउटा परिचित नाम हो। कृति प्रकाशनका दृष्टिले निकै पछि परेता पनि उनी तीन दशकअघि देखि नै ससक्त कलम चलाउँदै आईरहेका लेखक तथा स्रष्टा हुन्।
२०३६ साल वैशाख १४ गतेका दिन साबिकको सोलु सल्लेरी, (हालको सोलुखुम्बु–सोलुदुधकुण्ड नगरपालिका –५, सल्लेरीमा पिता जितेन्द्रचन्द्र राय र माता कालिका राय (इन्दिरा) का दोस्रो सन्तानका रूपमा जन्मिएका हिमाङ्शु २०६६ सालमा बेताली –५, रामेछाप निवासी पिता गङ्गाप्रसाद बस्नेत र माता डम्बरकुमारी बस्नेतका जेठी छोरी भवानी बस्नेत (सरिता) सँग विवाह बन्धनमा बाधिए। हाल उनीहरूका उत्सव र आरोग्य नाम गरेका दुई जना सन्तान रहेका छन्।
धनकुटाको साबिक वसन्तटार गा.वि.स. वडा नम्वर- ५, हालको धनकुटा चौबिसे गाउँपालिका वडा नम्वर ८, बाट सुनसरीको धरान-४, लक्ष्मी सड्कमा बसोबास गर्दै सुनसरीबाट २०३९ सालमा बसाईँ सरेर मोरङको साबिक डाँगीहाट गा.वि.स. वडा नम्वर-५, र हाल बेलबारी वडा नम्वर–११, लक्ष्मीमार्ग, मोरङमा स्थायी बसोबास गरिरहेका उनी ‘सुनगाभा साहित्य समाज’, ‘गीतकार सङ्घ नेपाल’, ‘नेपाली लेखक सङ्घ’, ‘नेपाल साँकृतिक महासङ्घ’, ‘बेलबारी प्रज्ञा–प्रतिष्ठान’ जस्ता विभिन्न साहित्यिक सङ्घसंस्थासँग जोडिँदै आएका छन् । विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित रायको पुस्तक ‘कोलाजगीत’ ले नेपाल गीतकार सङ्घद्वारा प्रदान गरिने ५७ हजार राशिको ‘जगत मर्दन थापा सर्वोत्कृष्ट गीतकार पुस्तक पुरस्कार २०८१’ प्राप्त गरेको छ ।
२०५१ माघ ८ गते साबिकको डाँगीहाट गाविस –५, (हालको बेलबारी –११, लक्ष्मीमार्ग, मोरङ) बाट प्रकाशित हुने ‘प्रयास’ नामको भित्ते पत्रिकामा ‘तरुणी जून’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेका उनी साहित्यका अतिरिक्त पत्रकारितासँग समेत जोडिएका व्यक्ति हुन्।
एकल प्रकाशित कृतिका रूपमा गीतसङ्ग्रह पहिलो भए पनि उनका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । केही संयुक्त कृतिसमेत प्रकाशित छन् । उनी एक जना राम्रा कवि पनि हुन् । मैले उनलाई कविकै रूपमा चिनेको हुँ । यद्यपि कविता र गीतका अतिरिक्त उनले गजल, कथा, लघुकता, हाईकु, मुक्तक तथा भजन पनि लेख्ने गरेको पाइन्छ।
२०७६ सालमा दधिराज सुवेदीद्वारा लिखित ‘मोरङको साहित्यिक इतिहास’ नामक कृतिमा नै उनको ‘कोलाजगीत’ कृतिका बारेमा उल्लेख गरिएको थियो, प्रकाशनको सङ्घारमा रहेको कृति भनिएको थियो। २०७९ सालमा ‘बेलबारीको साहित्यिक इतिहास’ प्रकाशित भयो । मैले उनलाई भेटेर २०७६ सालमै प्रकाशनको सङ्घारमा रहेको भनिएको कृति किन अझैसम्म आएन भनेर सोधेको थिएँ । कृति आउन ढिला भएको चित्बुझ्दो जवाफ उनीबाट पाएपछि मैले पनि यही पुस्तकलाई प्रकाशनको सङ्घारमा रहेको कृतिकै रूपमा राखेँ । त्यसैका आधारमा उनको छोटो परिचय पनि राखेँ । तर लामो समयसम्म पनि कृति आउन नसक्दा विभिन्न खाले सवालहरू उब्जिरहेका थिए । यस्ता सबाल उब्जिनु स्वभाविककै थियो । तर २०८१ साल भदौँ महिनामा भने सबै सबालको जवाफका रूपमा कृति बाहिर आयो ।
हाल गीतका बारेमा विभिन्न छलफल, वहस तथा केही नविन धारणाहरू पनि सार्वजनिक हुँदै गरेका यदाकदा सुनिन थालिएको छ।
मानिसको हृदयलाई सजिलै प्रभाव पार्न सक्ने गीत लेखन लाई मुलत कविता विधाकै एउटा उपविधा मानिएता पनि गीतप्रेमीहरू भने गीत एउटा छुट्टै तथा महत्त्वपूर्ण विधा भएकाे जिकिर गर्दै आइरहेका छन् । मानव सभ्यताको काविला युग परापूर्व कालदेखि नै गीत मानव जन जिब्रोमा झुण्डिएको र खासमा घाँस दाउरा गर्दा होस् कि गोठालो मेलापाल अथवा सभ्यताको उत्पत्तिदेखि नै मानिस जन्मदा,विवाह गर्दा र मृत्युपर्यन्तसम्म पनि र आदिम सभ्यतादेखि हालसम्म झन् झन् व्यापक रूपमा गीतको विकास हुँदै गइरहेको हुदाँ गीतलाई सृष्टिकालीन साहित्यको पहिलो र एक छुट्टै अत्यन्तै महत्त्वपूर्ण विधाको रूपमा नेपाल गीतकार सङ्घले पनि आफ्नो धारणा राख्दै आइरहेको छ। गीतका केही विज्ञ तथा विश्लेषकहरूले पनि गीतका बारेमा व्यापक बहस गर्नुपर्ने आफ्ना धारणाहरू सार्वजनिक गर्दै आइरहेका छन्।

गीतकार हिमाङ्सु रायको
‘कोलाजगीत’ २०८१ सालमा प्रकाशित गीतसङ्ग्रह हो । दिपेन वान्तवा राई प्रकाशक रहेको यस कृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, वर्तमान कुलपति भूपाल राई, प्रा.डा. कृष्णहरि बराल, कवि प्राज्ञ श्रवण मुकारुङ,नेपाल साँस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष, निर्माता तथा चलचित्रकर्मी तिर्थबहादुर थापा, गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटा, गीतकार सङ्घघ नेपालका वर्तमान अध्यक्ष वसन्त वित्यासी थापा, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका कोसी प्रदेशका अध्यक्ष प्राज्ञ विवश पोखरेलजस्ता विशिष्ट व्यक्तित्वका शुभकामना वा भूमिकाबाट लेखक हिमाङ्शु राय तथा उनको गीतकारिताका बारेमा बुझ्न केही सजिलो भएको छ । त्यस्तै पुस्तकमा ‘सर्जकको कलमबाट’ शीर्षकको उनको लेखकीय मन्तव्यसमेत रहेको छ ।

पुस्तकमा जम्मा जम्मी २०४ र २८ गरि जम्मा २३२ पृष्ठ रहेको छ। यसैगरि पुस्तक ब्याक्तिगत मूल्य रु ३०० र संस्थागत रु ५०० राखिएको छ भने यसभित्र विभिन्न भावका २०१ ओटा गीत रेहका छन् । यसमा २०४९ सालदेखि २०७५ सालबिचका लेखिएका गीतहरू सङ्गृहीत छन् । उनका यसभित्रका ‘यो संसारमा पाइला टेक्ने, ‘याद बोकी बाँचे तिम्रो साथ खोजी बाँचे’, ‘चौबन्दी चोलीमा सजिएर मुस्कुराउँदै कहाँ हिँड्न लागेकी’, ‘किन आँखा रसाउँछ घरी घरी याद आउँछ’ बोलका गीतहरू रेकर्ड भइसकेका छन् भने यसका अलवा रायले स्थानीय गाउँले ७ जना साथीभाइहरू सँग मिलेर २०५४/०५५ साल ताका "द ईष्ट्रन ब्यान्ड" अर्थात् पूर्वेली साङ्गीतिक समूह निर्माण गरी "कोसिस"नामक गीति एल्वमसमेत स्रोताहरू समक्ष पस्किसकेका छन् । त्यस्तै यसै कोलाज गीत सङ्ग्रहका अन्य डेढ दर्जनजति गीतहरूको सङ्गीतसमेत भइसकेको पाइन्छ । भाव, लय, सङ्गीत सौन्दर्यका दृष्टिले उनका गीत निक्कै अब्बल मानिन्छन् ।
बढी मात्रामा लोकआधुनिक

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved