धनकुटा /धनकुटा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटा निर्वाचन क्षेत्र नं. एकमात्र बाट उम्मेदवारी दर्ता गराएका छन् आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धनकुटाले उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी तीव्र पारेको छ। पार्टीका तर्फबाट विभिन्न पदका उम्मेदवारहरू आज मनोनयन दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयतर्फ प्रस्थान गरेका छन्।
मनोनयन दर्ताका क्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको छ। नेपाली कांग्रेसले लोकतन्त्र, सुशासन र विकासलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिएको बताइएको छ।
पार्टीका जिल्ला नेतृत्वले धनकुटाका जनताको विश्वास र समर्थनका आधारमा यस पटकको निर्वाचनमा उत्साहजनक नतिजा आउने अपेक्षा व्यक्त गरेका छन्। मनोनयन दर्तापछि उम्मेदवारहरूले जनताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ।
स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नेपाली कांग्रेस धनकुटामा सशक्त प्रतिस्पर्धाका साथ निर्वाचनमा हुने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved