गंगामायाको अनशन आजै तोडाउने प्रयास

  • प्रकाशित मितिः असार २५, २०७५
  • 1159 पटक पढिएको
  • Mausam

छोराका हत्या अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएपछि जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास सुरु भएको छ ।

मानवअधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतको पहलमा अनशन तोडाउने प्रयास भइरहेको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।

पौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारवाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएकी छन् ।

तर, महान्यायाधिवक्ता अग्नि खरेलले गंगामायाको मागबमोजिम अदालतको आदेश कार्यान्वयनका क्रममा अभियुक्तलाई कारागार चलान भइसकेकाले कानूनी कारवाहीलाई अब बन्देज नरहेको जवाफ सरकारको तर्फबाट मानव अधिकारकर्मीमार्फत गंगामायासमक्ष पठाएका छन् । अब अदालतको अन्तिम फैसला सबैका लागि मान्य हुने सरकारको भनाइ छ ।

स्रोतकको दाबीअनुसार सोमबार नै गंगामायाको अनशन श्रृंखला अन्त्य हुनेछ । कानूनमन्त्री शेरबहादुर तामाङले जुस पिलाएर गंगामायाको अनशन तोडाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

गंगामायालाई प्रयोग गरेर सरकारविरुद्ध माहोल सिर्जना गर्ने प्रयास भइरहेको पुष्टि भएपछि यो प्रकरण अन्त्य गर्न प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डकै तहमा छलफलपछि छविलाललाई अदालतमा उपस्थित गराइएको स्रोतका दाबी छ ।

प्रचण्ड पत्नी सीताको उपचारका क्रममा सिंगापुर रहेकै बेला महान्यायाधिवक्ता खरेलले प्रचण्डसँग पटक–पटक सम्पर्क गरी गंगामायालाई नेकपा र सरकारविरुद्ध प्रयोग गर्न खोजिएको भन्दै छविलाललाई अदालतमा उपस्थित गराउनेबारे परामर्श गरेका थिए ।

तत्कालीन माओवादीका नेताहरुले छविलाललाई अदालतमा उपस्थित गराउने कुराले गंगामायाको अनशन तोडिने तर द्वन्द्वकालीन मुद्दाहरु यही आधारमा सक्रिय हुने आशंका व्यक्त गरेपछि यो प्रक्रिया लम्बिएको थियो ।

तर, महान्यायाधिवक्ताको आश्वासनपछि प्रधानमन्त्री केपी ओलीको समेत सहमतिमा छविलालको खोजी भयो ।

उमेरले ७८ पुगेका र विभिन्न रोगबाट ग्रसित छविलाल केही दिनअघि मात्रै आँखाको शल्यक्रिया गरेर काठमाडौंमा बसिरहेका थिए ।

उनलाई परिवार र तत्कालीन माओवादी नेताहरुमार्फत् कुरा गरेर अदालतमा आत्मसमर्पण गराइएको स्रोतले जनाएको छ । ०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका पिता नन्दप्रसादको अनशनरत अवस्थामै मृत्यु भइसकेको छ । नन्दप्रसादको शव अहिलेसम्म शिक्षण अस्पतालमै छ ।

हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य बेलायतमा छन् । उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ । छविलाललाई भने जिल्ला र तत्कालीन पुनरावेदन अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो । तर, सर्वोच्च अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि फरार थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved