इटहरी /सुनसरी–२ मा जनता नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेतृ तथा पूर्व कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी पछिल्लो समय सुनसरी क्षेत्र नम्बर २ मा जनस्तरमै सक्रिय रूपमा देखिन थालेकी छन्। अनुभवी राजनीतिज्ञका रूपमा परिचित चौधरीले कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका विषयलाई केन्द्रमा राख्दै जनसम्पर्क अभियानलाई तीव्र बनाएकी छन्।
राजनीतिक यात्रामा लामो अनुभव सँगालेकी रामकुमारी चौधरी संघीय सरकारमा कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी नेतृ हुन्। मन्त्रीकालमा उनले किसानको हक–अधिकार, कृषि उत्पादन वृद्धी, सहकारी प्रणाली सुदृढीकरण र ग्रामीण अर्थतन्त्र मजबुत बनाउने नीतिगत पहलमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। विशेषगरी साना किसान, महिला र पिछडिएका समुदायका लागि लक्षित कार्यक्रमहरू अघि बढाउन उनले निरन्तर आवाज उठाउँदै आएकी छन्।
हाल उनी सुनसरी–२ पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरीको सक्रियता।लागि पार्टीको तर्फबाट जनसमर्थन जुटाउने क्रममा छिन्। घरदैलो अभियान, टोल–टोलमा भेटघाट तथा स्थानीय कार्यक्रमहरूमा सहभागी हुँदै उनले जनताको समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाइरहेकी छन्। यही क्रममा उनी इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा आयोजित विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा पनि सहभागी भएकी छन्। उक्त वडामा दत्तालुङ्गेली मगर समुदायसँग सम्बन्धित कार्यक्रममा उनको उपस्थिति रहनुले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
रामकुमारी चौधरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि आफ्नो प्राथमिकतामा राख्ने नेतृका रूपमा चिनिन्छिन्। उनले “कृषि बिना समृद्धि सम्भव छैन, र शिक्षा तथा स्वास्थ्य बिना दिगो विकास सम्भव हुँदैन” भन्ने धारणा राख्दै नीति निर्माण तहदेखि कार्यान्वयनसम्म जोड दिँदै आएकी छन्। जनतासँगको भेटमा उनले रोजगारी सिर्जना, युवा पलायन रोकथाम, स्थानीय उत्पादनको बजारीकरण र कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिँदै आएकी छन्।
राजनीतिमा इमानदारिता, स्पष्ट विचार र जनमुखी दृष्टिकोणका कारण चौधरीप्रति स्थानीय मतदाताको भरोसा बढ्दै गएको देखिन्छ। पार्टी संगठनभित्र पनि उनी अनुभवी, समन्वयकारी र जुझारु नेतृका रूपमा सम्मानित छिन्।
स्थानीय विकास, किसानको जीवनस्तर उकास्ने नीति र सामाजिक समावेशीताको स्पष्ट एजेन्डासहित अघि बढिरहेकी पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरी–२ मा आशा र भरोसाको पात्रका रूपमा स्थापित हुँदै गएकी छन्।पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरीको सक्रियता।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved