सत्ता होइन,विभत्सु थापाले सेवा : देशको भलोका लागि ‘हलो’मा भोट हाल्न आहान

  • प्रकाशित मितिः माघ २०, २०८२
  • 246 पटक पढिएको
  • जीवन फुयाल

धनकुटा — आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनकुटाले युवा उम्मेदवार विभत्सु थापालाई औपचारिक रूपमा सिफारिस गरेको छ। “सत्ता होइन, सेवा” भन्ने मूल नारासहित मैदानमा उत्रिएका थापा युवामैत्री, सुशासन र स्थानीय विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै अघि बढिरहेका छन्।
राप्रपा धनकुटा जिल्ला समितिको बैठकले थापालाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेपछि स्थानीय राजनीतिक वृत्तमा नयाँ ऊर्जा थपिएको छ। पार्टीले देशमा बढ्दो बेरोजगारी, युवा पलायन, भ्रष्टाचार र अस्थिर राजनीतिबाट आजित जनताका लागि नयाँ सोच र नेतृत्व आवश्यक रहेको ठहर गर्दै युवालाई अवसर दिनुपर्ने धारणा अघि सारेको छ।
युवा उम्मेदवार विभत्सु थापाले आफू पद र सत्ताको लागि होइन, सेवाको भावनाका साथ राजनीतिमा आएको स्पष्ट पारे। उनले भने, “राजनीति जनताको जीवन परिवर्तन गर्ने माध्यम हुनुपर्छ। सत्ता केन्द्रित राजनीति होइन, जनताको दुःख–सुख बुझ्ने सेवामूलक राजनीति आजको आवश्यकता हो।”
थापाले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै ‘देशको भलोमा, भोट हालौँ हलोमा’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए। उनले कृषि आधुनिकीकरण, किसानलाई उचित मूल्य, स्थानीय उत्पादनको बजारीकरण र युवालाई स्वरोजगारमा जोड्ने योजनाहरू सार्वजनिक गरेका छन्।
धनकुटा जिल्लामा लामो समयदेखि विकासका नाममा दोहोरिएका आश्वासन मात्र दिइएको भन्दै थापाले अब परिणाम देखिने नेतृत्व आवश्यक रहेको बताए। “जनताले धेरै सहिसके। अब भाषण होइन, काम चाहिएको छ,” उनको भनाइ छ।
राप्रपाका स्थानीय नेताहरूले विभत्सु थापालाई इमानदार, ऊर्जावान र जनतासँग प्रत्यक्ष जोडिएको युवा नेताका रूपमा चित्रण गरेका छन्। पार्टीका अनुसार थापा लामो समयदेखि सामाजिक अभियान, युवा सशक्तीकरण र स्थानीय सरोकारका मुद्दामा सक्रिय रहँदै आएका छन्।
स्थानीय युवाहरू पनि थापाको उम्मेदवारीप्रति आशावादी देखिएका छन्। उनीहरू भन्छन्, “अब पुरानै अनुहार र पुरानै शैलीले देश चल्दैन। युवाले नेतृत्व लिएर नयाँ दिशा दिनुपर्छ।”
आगामी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा चित्रण गर्दै राप्रपाले धनकुटाका मतदातालाई हलो चिन्हमा मतदान गरेर सेवामूलक राजनीति स्थापना गर्न आह्वान गरेको छ। पार्टीको विश्वास छ— युवाको नेतृत्व, स्पष्ट दृष्टिकोण र जनमुखी सोचले धनकुटाको भविष्य उज्यालो बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved