— नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजिनामा दिएका छन्।
पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गर्दै उनले धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाको कार्यवाहक इन्चार्ज पदबाट राजिनामा दिएका हुन्। उनले २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी राजिनामा दिएको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
राजिनामा पत्रमा पार्टीले निर्वाचनलाई संघर्षको मोर्चाको रूपमा उपयोग गर्ने नीतिअनुसार २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएको उल्लेख गरिएको छ। पार्टीले भ्रष्टाचारविरुद्ध कारबाही गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, एमसीसी खारेजजस्ता एजेन्डासहित निर्वाचनमा गएको उनले बताए।