राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहितका अधिकारीलाई कारबाही सिफारिस गरेको छ। आयोगको छानबिन समितिले शुक्रबार अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन बुझाउँदै दोषीहरूलाई कारबाही सिफारिस गरेको हो।
आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित ८१ जनाको बयान लिएको थियो। पूर्वतयारी राम्रो नहुँदा आन्दोलनमा ठुलो मानवीय क्षति भएको निष्कर्ष छानबिन समितिको छ।
२४ भदौमा गठन भएको समितिले ६ महिनाभन्दा लामो समय लगाएर छानबिन गरेको हो ।
आयोगको आगामी बैठकमा प्रतिवेदन पेस गरेर त्यसउपर निर्णय गरिने आयोगका एक अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved