नि:सहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लेखनाथ घिनिरेको सहयोग

  • प्रकाशित मितिः वैशाख ४, २०८३
  • 63 पटक पढिएको
  • जिवन फुयाल

इटहरी – इटहरीका पहिलो नागरिकबाट अभिनन्दित व्यक्तित्व, शिक्षा विद तथा विश्व आदर्श कलेजका अध्यक्ष आदरणीय लेखनाथ घिनिरेले नि:सहाय बालबालिका सेवा आश्रमको नव निर्माणाधीन भवनका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

समाजसेवा र शिक्षाको क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका घिनिरेले आश्रमको भवन निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्नुभएको हो। उहाँले गरेको सहयोगले भवन निर्माण कार्यलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

नि:सहाय बालबालिका सेवा आश्रमले विगतदेखि नै अभिभावकविहीन, असहाय तथा विभिन्न समस्यामा परेका बालबालिकालाई आश्रय, शिक्षा र संरक्षणको व्यवस्था गर्दै आएको छ। आश्रमले हाल निर्माण गरिरहेको नयाँ भवन पूरा भएपछि त्यहाँ आश्रित बालबालिकाले थप सुरक्षित र व्यवस्थित वातावरण पाउने अपेक्षा गरिएको छ।

भवन निर्माण समितिले घिनिरेप्रति विशेष आभार व्यक्त गर्दै उहाँको सहयोगले समाजमा सकारात्मक सन्देश दिएको जनाएको छ। समितिका अनुसार समाजका प्रतिष्ठित व्यक्तिहरूले यसरी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेमा यस्ता संस्थाहरूलाई सञ्चालन गर्न थप ऊर्जा प्राप्त हुने गर्दछ।

भवन निर्माण समितिको तर्फबाट घिनिरेप्रति मुरीमुरी धन्यवाद व्यक्त गरिएको छ। साथै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा आगामी दिनमा पनि निरन्तर साथ र सहयोग प्राप्त भइरहने अपेक्षा गरिएको छ।

शिक्षा र समाजसेवामा समर्पित व्यक्तित्वका रूपमा परिचित लेखनाथ घिनिरेको यस सहयोगले अन्य समाजसेवी तथा सहयोगी मनहरूलाई पनि यस्ता मानवीय कार्यमा जोडिन प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved