गर्मी समयमा घमौराले दिक्क बनाउ छ भने यसो गर्नुहोस केही समय मै हराउने छ

  • प्रकाशित मितिः असार २५, २०७५
  • 1250 पटक पढिएको
  • Mausam

गर्मी धेरेलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः

– घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ । – घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ । – घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ । – बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।

– घमौरा आएको ठाउँमा मेहदीको लेप लगाउँदा केही दिनमै घमौरा हराउँछ । साथै, नुहाउने बेलामा मेहदीका केही पत्ता पिसेर पानीमा मिसाउने र त्यही पानीले नुहाउँदा पनि राहत मिल्छ । – नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।

– तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ । – लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ । – घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ । साथै कागतीपानी पनि खाइरहने गर्नु पर्छ ।

घमौराको लागि हरियो धनियां अति उपयोगी

केहि दिन देखि गर्मीको मात्रा ह्वात्तै बढ्दै आएको छ। दिउँसोको बेला बाहिर घाममा सजिलैसित हिँड्न सक्ने बेला गैसक्यो। यस्तो बेलामा अधिकांशलाई घमौराले सताउनु स्वाभाविक कुरा हो। विशेष गरी उसलाई जो पहिल्यै देखि घमौराको कष्ट भोग्दै आइरहेका छन्। पसिना र धुलोको कण र त्यसमाथि घामको तापले गर्दा घाँटी, पेट, हात, ढाड जस्ता पातलो छाला भएको अङ्गमा बिबिराजस्तो देखा पर्दछ र चिलाउने पनि गर्छ। साधारणतयाः बालबच्चाहरूलाई घमौराले बढि सताउने गर्दछ।

त्यसैले आज हामी तपाईँहरूलाई यस्तो चिरचिरे घमौरालाई निको पार्ने केहि घरेलु तथा प्राकृतिक शुत्रहरूको बारेमा छोटो जानकारी दिन गैरहेका छौँ।

१. हरियो धनिया– सानो गिलासमा पानी र हरियो धनियाको पात काटेर घोल्नुहोस्। त्यसलाई ४/५ घण्टासम्म त्यत्तिकै छाड्दिनुहोस् अथवा फ्रीजमा राखिदिनुहोस्। पछि त्यस पानी र धनियाको मिश्रण अथवा बरफलाई घमौरा आएको ठाउँमा पोतिदिनुहोस्। यसले घमौराको चिरचिरे कष्टबाट राहत दिई केहि दिनमा घमौरालाई निको पार्न मद्दत गर्दछ।

२. नीम– नीमको रूखको सानो टुक्रा बोक्रालाई मसिनो गरी पिसेर लेदो बनाउनुहोस् र त्यसलाई घमौरा आएको ठाउँमा लेप्नुहोस्। केहि दिनसम्म यस्तो गर्नाले घमौराबाट छुट्कारा पाउन सकिन्छ।

अथवा नीमको पातलाई पानीमा राखेर उमाल्नुहोस् र त्यस पानीले घमौरा आएको अङ्ग पखाल्नाले पनि घमौराबाट राहत पाउन सकिन्छ।

३. नरीवलको तेल र कपूर– नुहाइसकेपछि नरिवल तेलमा थोरै कपूर धुलो बनाएर मिसाउनुहोस् र त्यस मिश्रणतेलले घमौरा आएको ठाउँमा मालिश गर्दा घमौरा निको हुन बेर लाग्दैन। तर विचार रहोस् कि कसै-कसैको शरीरमा तेल पर्दा एलर्जीले सताउन सक्छ। त्यस्तो व्यक्तिले यो उपाय नअपनाउँदै राम्रो।

४. सरसोँको तेल– पानीमा सरसोँको तेल मिसाएर विहान र साँझ घमौरा आएको ठाउँमा मालिश गर्दा ३ दिनमा घमौरा ठीक हुँदै जान्छ।

५. तुलसीको डाँठ– तुलसीको डाँठलाई पानीसँग घसेर त्यसको बाक्लो लेप घमौरामा लगाउँदा पनि घमौराको जलन र खसखसबाट राहत पाउन सकिन्छ।

६. आँप– आँप भित्रको बियाँ झिकेर आँपको गुदी र बोक्रालाई मसिनो गरी पिसेर केहि बेरसम्म चिसो बनाई घमौरामा लगाउनाले घमौराबाट राहत पाउन सकिन्छ।

घिउकुमारीको पात भित्रको जेल झिकेर घमौरामा लगाइदिँदा तुरुन्तै शीतलता पाउन सकिन्छ। नियमित यसरी लगाउँदा घमौरा निको पनि हुन्छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved