उदयपुरको बेलका–५ स्थित जनता मावि जहडामा “स्व. दुर्गा कार्की अक्षयकोष” स्थापना

  • प्रकाशित मितिः जेठ ९, २०८३
  • 101 पटक पढिएको
  • जीवन बुढाथोकी

उदयपुर, बेलका–५ 
श्री जनता माध्यमिक विद्यालय जहडा, बेलका–५ उदयपुरको आयोजनामा विद्यालयकी मेधावी तथा उत्कृष्ट विद्यार्थी स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा “स्व. दुर्गा कार्की अक्षयकोष” स्थापना घोषणा तथा वार्षिक परीक्षा नतिजा एवं पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रुद्र वि.क. ज्यूको अध्यक्षता तथा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दकुमार खड्का ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष, नेकपा (एमाले) वडा, नगर तथा जिल्ला कमिटीका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयन, अनुशासन तथा विद्यार्थीहरूको भविष्य निर्माणका विषयमा विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा राख्दै शिक्षाको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए। साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
स्वर्गीय दुर्गा कार्कीको सम्झनालाई चिरस्थायी बनाउँदै विद्यार्थीहरूको शैक्षिक विकास, प्रोत्साहन तथा उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको “स्व. दुर्गा कार्की अक्षयकोष” का लागि अक्षयकोषका अध्यक्ष आदरणीय कोपिला कार्की ज्यूको विशेष पहलमा रु. १ लाख २० हजार ३० रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
विद्यालय परिवारले उक्त अक्षयकोष आगामी दिनहरूमा आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा मेहनती विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममार्फत स्वर्गीय दुर्गा कार्कीको योगदान र सम्झनालाई सम्मानपूर्वक स्मरण गर्दै शिक्षा क्षेत्रको विकासमा यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका थिए।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved