उदयपुर । सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “#सडकसुरक्षासम्बन्धी विशेष अभियान” सन्देशसहित गाईघाटदेखि कटारीसम्म महिला राइडर यात्रा सम्पन्न हुने भएको छ । कार्यक्रममा सहभागी महिला राइडरहरूले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा सुरक्षित यात्राको सन्देश प्रवाह गर्ने आयोजकले जनाएको छ ।
यात्रामा विभिन्न क्षेत्रका महिला मोटरसाइकल चालकहरूको सहभागिता रहनेछ । कार्यक्रममार्फत सडकमा हुने दुर्घटना कम गर्न हेल्मेटको अनिवार्य प्रयोग, तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सर्वसाधारणलाई सचेत गराइने बताइएको छ ।
गाईघाटदेखि कटारीसम्म हुने उक्त महिला राइडर यात्राले सडक सुरक्षाप्रति नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । विशेषगरी महिला सहभागितामार्फत समाजमा सुरक्षित यात्राको संस्कार विकास गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आयोजकले सम्पूर्ण सहभागी महिला राइडरहरू, सुरक्षाकर्मी, ट्राफिक प्रहरी तथा सहयोगी संघसंस्थालाई धन्यवाद दिँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेको छ । साथै, सबैलाई जिम्मेवार र सुरक्षित यात्राको अभ्यास गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved