उदयपुरको बेलका नगरपालिकाभित्रका विभिन्न सडकमा परेका खाल्डाखुल्डी पुर्ने अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलका नगर सभापति दुर्गा राउत सक्रिय रूपमा जुटेका छन्।
राउतले आफ्नै ट्याक्टर प्रयोग गरी गिटी ढुवानी गर्दै सडक मर्मतको काम गरिरहेका छन्। सर्वसाधारणलाई सहज आवतजावतको वातावरण बनाउन उनी स्वयं श्रमदानसहित अभियानमा खटिएका हुन्।
यस अभियानलाई थप प्रभावकारी बनाउन बेलका नगरपालिकाका ९ वटै वडाका ट्याक्टर व्यवसायीलाई समेत अभियानमा जोडिएर साथ दिन राउतले आग्रह गरेका छन्। सडक सुधार कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई सबैको साझा जिम्मेवारी भएकाले सहयोग गर्न उनले अपिल गरेका हुन्।
जनताको समस्या देखेर आलोचना मात्र नभई समाधानका लागि प्रत्यक्ष रूपमा मैदानमा उत्रिएको भन्दै स्थानीयले राउतको पहलको प्रशंसा गरेका छन्। जनताको दुःखमा साथ दिँदै बेलकाका भित्री सडक सुधारमा उनको सक्रियता उदाहरणीय बनेको स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved