समूहका तर्फबाट जारी सन्देशमा मनोनयन दर्ता प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सुझाव, हौसला र समर्थन प्रदान गर्ने सम्पूर्ण व्यवसायी महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ। व्यवसायीहरूको विश्वास र सकारात्मक सुझावले आफूहरूलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको समूहको भनाइ छ।
नेतृत्वकर्ता नवराज काफ्लेले व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत विकास, पारदर्शी कार्यशैली तथा व्यवसायिक वातावरण सुदृढीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। उनले निर्वाचन केवल पद प्राप्त गर्ने माध्यम नभई व्यवसायीहरूको साझा हित र संस्थाको समग्र विकासका लागि अवसर भएको उल्लेख गरे।
साझा समूहले उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री संस्था बनाउन आफ्नो स्पष्ट योजना रहेको बताउँदै सम्पूर्ण व्यवसायीहरूलाई एकताबद्ध भएर सहकार्य गर्न आग्रह गरेको छ।
“हामीलाई साथ, सहयोग, सुझाव र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण व्यवसायीज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। आगामी दिनमा पनि यहाँहरूको निरन्तर साथ र विश्वास प्राप्त हुने अपेक्षा गरेका छौँ,” भन्दै साझा समूहले धन्यवाद ज्ञापन गरेको छ।
उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई व्यवसायीहरूले चासोका साथ हेरिरहेका बेला नवराज काफ्लेको नेतृत्वमा रहेको साझा समूहको मनोनयन दर्ताले निर्वाचन गतिविधिलाई थप सक्रिय बनाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved