उद्योग वाणिज्य संघको निर्वाचनमा नवराज काफ्ले प्यानल बलियो प्रतिस्पर्धीचर्चा,

  • प्रकाशित मितिः असार ११, २०८३
  • 59 पटक पढिएको
  • जिवन फुयाल

इटहरी /इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको प्यानल बलियो र प्रभावशाली रूपमा प्रस्तुत भएको व्यवसायीहरूबीच चर्चा हुन थालेको छ। व्यवसायीहरूको हित, संस्थागत विकास तथा साझा उद्देश्यलाई केन्द्रमा राखेर अघि बढेको काफ्ले नेतृत्वको टोलीले व्यापक समर्थन प्राप्त गरिरहेको बताइन्छ।

व्यवसायीहरूको समस्या समाधान गर्न सक्ने क्षमता, समन्वयकारी भूमिका, सरल स्वभाव र नेतृत्वदायी अनुभवका कारण नवराज काफ्लेको प्यानलप्रति व्यवसायीहरूको आकर्षण बढ्दै गएको देखिएको छ। विभिन्न क्षेत्रका व्यवसायीहरूले सक्षम, प्रभावकारी र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको भन्दै काफ्ले नेतृत्वप्रति विश्वास व्यक्त गरिरहेका छन्।

निर्वाचन अभियानका क्रममा प्राप्त समर्थन र उत्साहजनक सहभागिताले काफ्ले प्यानलको जितको सम्भावना बलियो रहेको समर्थकहरूको दाबी छ। यद्यपि निर्वाचनको अन्तिम परिणाम भने मतदाताको निर्णयले निर्धारण गर्नेछ।

व्यवसायीहरूको एकता, संस्थाको विकास र व्यवसायिक वातावरण सुधारलाई मुख्य एजेन्डा बनाएको काफ्ले प्यानलले आगामी दिनमा उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved