इटहरी उद्योग वाणिज्य संघको वाणिज्य सदस्यमा सिनेट रिजालको उम्मेदवारी, डिजिटल सेवामार्फत व्यवसायीको हितमा प्रतिबद्धता

  • प्रकाशित मितिः असार १३, २०८३
  • 42 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरी उद्योग वाणिज्य संघको निर्वाचन–२०८३ अन्तर्गत वाणिज्य सदस्य पदका लागि युवा व्यवसायी सिनेट रिजालले उम्मेदवारी घोषणा गरेका छन्। व्यवसायीको हकहित संरक्षण, संघको संस्थागत सुदृढीकरण तथा डिजिटल सेवाको विस्तारलाई मुख्य एजेन्डा बनाउँदै उनी चुनावी मैदानमा उत्रिएका हुन्।

रिजालले संघलाई समयानुकूल, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। उनका अनुसार संघका सेवा–सुविधालाई डिजिटल माध्यमबाट सरल, छिटो र प्रभावकारी बनाउँदै सदस्य व्यवसायीलाई सहज सेवा उपलब्ध गराउनु आवश्यक छ। यसले सेवाप्रवाहमा पारदर्शिता बढ्नुका साथै व्यवसायीको समय र लागतसमेत बचत हुने उनको विश्वास छ।

उनले व्यवसायीबीच आपसी एकता, सहकार्य र विश्वासको वातावरणलाई थप मजबुत बनाउने, व्यवसाय विस्तारका नयाँ अवसर खोज्ने तथा साझा समस्याको समाधानका लागि संघलाई प्रभावकारी रूपमा परिचालन गर्ने योजना पनि सार्वजनिक गरेका छन्। बदलिँदो व्यापारिक परिवेशअनुसार संघले नवीन सोच र प्रविधिको उपयोग गर्दै व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिएका छन्।

चुनावी अभियानका क्रममा “सिनेट रिजाललाई अत्यधिक मतले विजयी गराऔँ” भन्ने नारासहित उनी व्यवसायी सदस्यहरूमाझ पुगिरहेका छन्। आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षा नभई सम्पूर्ण उद्योगी–व्यवसायीको साझा हितका लागि भएको उनको भनाइ छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न पदका उम्मेदवारहरूले आफ्ना योजना, प्रतिबद्धता र एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। यसैबीच सिनेट रिजालले आफू निर्वाचित भए व्यवसायीको आवाजलाई बलियो रूपमा उठाउने, संघलाई थप आधुनिक, उत्तरदायी र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने तथा व्यवसायीमैत्री वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सबै उद्योगी–व्यवसायी सदस्यसँग आफ्नो पक्षमा मतदान गरी सफल नेतृत्व निर्माणमा साथ दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved