स्थानीयमा पानीको आश देखाउदै मन्त्री मगर

  • प्रकाशित मितिः असार २५, २०७५
  • 1099 पटक पढिएको
  • Mausam

खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताउनुभएको छ ।

विनियोजन विधेयकमाथिको छलफलमा संसद सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले आधारभूत खानेपानीको पहुँच तीन वर्षभित्र पुर्‍याउने लक्ष्य किटान गरेर सरकारले कार्यक्रम अघि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीका लागि विनियोजन गरेको बजेटलाई विश्लेषण गर्दा न्यायिक भएन कि भन्ने कुरा उठेकै हो, यद्यपि, खानेपानी जनताको मौलिक अधिकारको विषय भएकाले समान वितरणको अवधारणा अघि बढाएका छौँ ।

‘एक घर एक धारा’, ‘एक घर एक शौचालय’ कार्यक्रमको अवधारणालाई अघि बढाउँदै तराईका २१ जिल्लामा ६०० भन्दा बढी आयोजनालाई क्रमागत रुपमा अघि बढाइरहेका छौँ, तराईमा देखिएको आर्सनिक समस्या हटाउने प्रयत्न भएको छ, जनताको आफ्नो लगानीमा खानेपानी भन्ने अवधारणालाई कार्यान्वयनमा लैजान प्रयास भइरहेको छ, उहाँले भन्नुभयो ।

मन्त्री थापामगरले भन्नुभयो, “मुलुकमा सञ्चालनमा रहेका खानेपानी आयोजनाको गुणस्तर सुधार गर्ने कार्यक्रम तीव्ररुपमा अघि बढिरहेको छ, भूकम्प प्रभावित क्षेत्रका जनतालाई स्वच्छ खानेपानी पु¥याउने काम भइरहेको छ, मेलम्ची खानेपानी छिट्टै पूरा गर्ने तथा दोस्रो चरणको याङ्ग्री र लार्केलाई पनि यसैवर्षदेखि अघि बढाइनेछ । आगामी आर्थिक वर्षलाई राष्ट्रिय सरसफाइ वर्षका रुपमा अघि बढाइने छ ।”

उहाँले भन्नुभयो, “वर्षायाममा देखिएको पानी प्रदूषणको समस्या निकै जटिल रहेको छ, क्षेत्राधिकारभन्दा बाहिर रहेका मिनरल वाटर र जारको पनि अनुगमन गरिनेछ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved