दुर्गा थापाले उद्योगी–व्यवसायीसँग मत माग्दै जनाए प्रतिबद्धता

  • प्रकाशित मितिः असार १५, २०८३
  • 86 पटक पढिएको
  • जीवन फुयाल

इटहरी। इटहरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवाल भण्डारीको टिमबाट सदस्य पदका उम्मेदवार दुर्गा थापाले उद्योगी–व्यवसायी तथा मतदातासँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

दुर्गा थापाले उद्योगी–व्यवसायीको विश्वास, साथ र सहयोग नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै व्यवसायीका हकहितको संरक्षण, संस्थाको सुदृढीकरण तथा प्रभावकारी सेवा प्रवाहका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले निर्वाचनमा विजयी भए उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्था बनाउँदै पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री रूपमा अघि बढाउने बताएका छन्। साना तथा मझौला व्यवसायीका समस्या समाधान, व्यवसाय प्रवर्द्धन र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ।

निर्वाचन अभियानलाई तीव्र बनाउँदै दुर्गा थापाले सम्पूर्ण उद्योगी–व्यवसायी तथा मतदातासँग आफ्नो पक्षमा मतदान गरी विजयी गराइदिन हार्दिक अपिल गरेका छन्। उनले व्यवसायीको विश्वासलाई सम्मान गर्दै सदैव साझा हितका लागि समर्पित भएर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved