असार २० र २१ गते पनि पाख्रीबास नगरपालिकाका कार्यालय खुला रहने

  • प्रकाशित मितिः असार १९, २०८३
  • 62 पटक पढिएको
  • जीवन फुयाल

धनकुटा/धनकुटा — विकास आयोजना समयमै सम्पन्न गर्ने, राजश्व संकलनलाई प्रभावकारी बनाउने तथा आर्थिक–प्रशासनिक कामकाजमा ढिलाइ हुन नदिन पाख्रीबास नगरपालिकाले आगामी असार २० गते शनिबार र २१ गते आइतबार पनि नगरपालिकाका सम्पूर्ण कार्यालय नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

नगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार नेपाल सरकार (गृह मन्त्रालय) को निर्णयबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा हुने व्यवस्था रहे पनि चालु आर्थिक वर्ष २०८२/०८३ को अन्तिम चरणमा विकास आयोजना तथा कार्यक्रमहरूको फर्छ्योट, राजश्व संकलन, सम्पन्न योजनाको भुक्तानी तथा अन्य अत्यावश्यक आर्थिक र प्रशासनिक काम समयमै सम्पन्न गर्न आवश्यक भएकाले बिदाका दिनसमेत कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।

नगर कार्यपालिकाको कार्यालयको असार १८ गते बसेको निर्णयअनुसार नगर कार्यपालिकाको कार्यालयसँगै १० वटै वडा कार्यालय, १० वटै स्वास्थ्य संस्था तथा नागरिक आरोग्य केन्द्र पनि नियमित रूपमा खुला रहनेछन्। ती कार्यालयबाट दैनिक सेवा प्रवाह सामान्य दिनसरह सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलद्वारा जारी सूचनामा सेवाग्राहीलाई आवश्यक प्रशासनिक सेवा, योजनासम्बन्धी प्रक्रिया, भुक्तानी, राजश्व तथा अन्य अत्यावश्यक सेवा लिन कुनै असुविधा नहुने उल्लेख गरिएको छ। आर्थिक वर्षको अन्तिम समयमा सेवाप्रवाहलाई प्रभावकारी, छिटोछरितो र जनमुखी बनाउन यो निर्णय गरिएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले सम्बन्धित सबै सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालालाई कार्यालय सञ्चालनसम्बन्धी जानकारी लिन र आवश्यक सेवा लिन बिदाका दिनसमेत कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ।

आर्थिक वर्षको अन्तिम समयमा विकास निर्माणका काम, वित्तीय व्यवस्थापन र प्रशासनिक प्रक्रिया समयमै सम्पन्न गरी जनतालाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ नगरपालिकाले यो निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved