इटहरी/ यहि असार २७ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ। याे निर्वाचनमा गायत्री भण्डारीको स्वतन्त्र समुह भन्दा नवराज काफ्ले नेतृत्वको संयुक्त समुह बलियाे देखिएकाे छ।
स्वतन्त्र समुह नाम दिइएको गायत्री कटुवाल भण्डारी समूहले सबै पदमा उम्मेदवारी नै दिन नसकेको बुझिएको छ। यसबाट नै प्रष्ट हुन्छ कि स्वतन्त्र समुह कति कमजाेर रहेछ भन्ने । यता नवराज काफ्ले समूहबाट अधिकांश पदमा उम्मेदवारी दर्ता भएको र कम्तीमा नौ जना सदस्य निर्वाचित भईसकेका छन् यसकाे ओैपचारिक घाेषणा हुन बाँकी छ।
निर्वाचनको समीकरण हेर्दा नवराज काफ्ले साझा उम्मेदवारका रूपमा अघि बढेका छन् भने प्रदेश परिषद् सदस्यतर्फ पनि उनको समूह अग्रस्थानमा रहेको प्रक्षेपण गरिएको छ।
गायत्री कटुवाल भण्डारीले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिरहेकी भनिए पनि केही राजनीतिक दल तथा तिनका नेता–कार्यकर्ताको समर्थन रहेको छ। भण्डारी समुहलाई रास्वपा, नेपाली कम्युनिस्ट पार्टी र केहि असन्तुष्ट समुहका नेता–कार्यकर्ताको समर्थन रहेको बुझिएको छ। समर्थनबारे भने सम्बन्धित दलहरूले औपचारिक पुष्टि गरेका छैनन्।
हालसम्मको चुनावी आँकलन हेर्दा नवराज काफ्ले समुहलाई नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको र उनिहरुकाे खुलेर काफ्ले समुहलाई समर्थन रहेकोले काफ्ले समुहको जित सुनिश्चित रहेको स्वयं ब्यापारीहरुले नै बताएका छन्।
निर्वाचनको अन्तिम परिणाम भने मतदाताको निर्णयबाट मात्रै हुने भएपनि जित–हार सम्बन्धी सबै आँकलनलाई चुनावी विश्लेषणका रूपमा मात्र लिनु उपयुक्त हुन्छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved