उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा काफ्ले समूह जीत सुनिश्चित, भण्डारी समुह कमजोर

  • प्रकाशित मितिः असार २१, २०८३
  • 49 पटक पढिएको
  • जीवन फुयाल

इटहरी/ यहि असार २७ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ। याे निर्वाचनमा गायत्री भण्डारीको स्वतन्त्र समुह भन्दा नवराज काफ्ले नेतृत्वको संयुक्त समुह बलियाे देखिएकाे छ।
स्वतन्त्र समुह नाम दिइएको गायत्री कटुवाल भण्डारी समूहले सबै पदमा उम्मेदवारी नै दिन नसकेको बुझिएको छ। यसबाट नै प्रष्ट हुन्छ कि स्वतन्त्र समुह कति कमजाेर रहेछ भन्ने । यता नवराज काफ्ले समूहबाट अधिकांश पदमा उम्मेदवारी दर्ता भएको र कम्तीमा नौ जना सदस्य निर्वाचित भईसकेका छन् यसकाे ओैपचारिक घाेषणा हुन बाँकी छ।

निर्वाचनको समीकरण हेर्दा नवराज काफ्ले साझा उम्मेदवारका रूपमा अघि बढेका छन् भने प्रदेश परिषद् सदस्यतर्फ पनि उनको समूह अग्रस्थानमा रहेको प्रक्षेपण गरिएको छ।
इटहरी उद्योग वाणिज्य संघ निर्वाचन : नवराज काफ्ले नेतृत्वको समूह चर्चामा, व्यवसायिक वृत्तमा बढ्दो चासो
गायत्री कटुवाल भण्डारीले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिरहेकी भनिए रास्वपा, नेपाली कम्युनिस्ट पार्टीका  नेता–कार्यकर्ताको समर्थन रहेको छ।

हालसम्मको चुनावी आँकलन हेर्दा नवराज काफ्ले समुहलाई नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको र उनिहरुकाे खुलेर काफ्ले समुहलाई समर्थन रहेकोले काफ्ले समुहको जित सुनिश्चित रहेको स्वयं ब्यापारीहरुले नै बताएका छन्।अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको समूह व्यवसायिक वृत्तमा चर्चाको केन्द्र बनेको छ। बजार क्षेत्र, व्यापारिक प्रतिष्ठान तथा व्यवसायीबीच निर्वाचनको माहोल तातिँदै गएको छ भने विभिन्न समूहले आफ्नो पक्षमा मतदाता आकर्षित गर्न चुनावी अभियानलाई तीव्र बनाएका छन्।

स्थापित व्यवसायीका रूपमा परिचित नवराज काफ्लेले व्यवसायीको हकहित संरक्षण, संघको संस्थागत सुदृढीकरण, पारदर्शी नेतृत्व र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका छन्। उनी नेतृत्वको समूहले उद्योगी–व्यवसायीको विश्वास जित्ने प्रयासस्वरूप निरन्तर भेटघाट, छलफल तथा प्रचार–प्रसारलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved