उद्योग वाणिज्य संघ इटहरी निर्वाचन–२०८३ : वाणिज्य सदस्य पदका उम्मेदवार बलबहादुर न्यौपाने व्यवसायीमाझ लोकप्रिय

  • प्रकाशित मितिः असार २६, २०८३
  • 86 पटक पढिएको
  • जीवन फुयाल

इटहरी । उद्योग वाणिज्य संघ, इटहरीको निर्वाचन–२०८३ नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ। विभिन्न पदका उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका बेला वाणिज्य सदस्य पदका उम्मेदवार बलबहादुर न्यौपाने पनि व्यवसायीमाझ पुगेर आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्। क्रम संख्या ०१मा चुनावी मैदानमा रहेका न्यौपानेले उद्योगी तथा व्यवसायीको हकहितका लागि आफू उम्मेदवारी दिएको बताएका छन्।

लामो समयदेखि इटहरीमा स्वास्थ्य तथा व्यापार क्षेत्रमा सक्रिय न्यौपाने औषधि व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिएका अनुभवी व्यवसायी हुन्। उनले इटहरी मेडिकल हल एण्ड स्वास्थ्य उपचार क्लिनिक, इटहरी मेडिकल हल, मेडिटेक फर्मा डिष्ट्रिब्युटर, शिवशक्ति ट्रेडिङदुर्गादेवी सप्लायर्स सञ्चालन गर्दै आएका छन्। वर्षौंदेखिको व्यावसायिक अनुभवलाई उद्योग वाणिज्य संघमार्फत सम्पूर्ण व्यवसायीको हितमा उपयोग गर्ने उद्देश्यका साथ उनी चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँछन्।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनलाई यसपटक विशेष चासोका साथ हेरिएको छ। संघको नेतृत्वमा नयाँ सोच र योजनासहित सक्षम प्रतिनिधि चयन गर्ने अवसरका रूपमा व्यवसायीहरूले यस निर्वाचनलाई लिएका छन्। यही सन्दर्भमा न्यौपानेले उद्योगी–व्यवसायीका समस्या बुझ्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

उनका अनुसार उद्योग वाणिज्य संघ केवल औपचारिक संस्था मात्र नभई व्यवसायीका अधिकारको संरक्षण गर्ने साझा मञ्च हो। व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या, कर नीति, बजार व्यवस्थापन, व्यवसाय प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणका विषयमा संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको धारणा छ।

न्यौपानेले आफू निर्वाचित भए व्यवसायीहरूको सुझाव र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। विशेषगरी स्वास्थ्य तथा औषधि क्षेत्रका व्यवसायीहरूले सामना गरिरहेका चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनको योजना रहेको छ। उनले उद्योगी–व्यवसायी र सरकारी निकायबीच सहकार्यको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

चुनावी अभियानका क्रममा न्यौपानेले इटहरीका विभिन्न बजार क्षेत्र, व्यापारिक प्रतिष्ठान तथा व्यवसायीहरूसँग भेटघाट गरिरहेका छन्। भेटघाटका क्रममा उनले व्यवसायीका गुनासा र सुझावलाई ध्यानपूर्वक सुन्दै उद्योग वाणिज्य संघलाई थप प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय व्यवसायीका अनुसार न्यौपाने लामो समयदेखि व्यापार क्षेत्रमा सक्रिय र अनुभवी व्यक्ति भएकाले उनले व्यवसायीका समस्या नजिकबाट बुझेका छन्। स्वास्थ्य क्षेत्रसँग जोडिएका व्यवसाय सञ्चालन गर्दै आएका कारण उनले सेवा र व्यवसायलाई सँगसँगै अघि बढाएको उनीहरू बताउँछन्।

यस निर्वाचनमा विभिन्न पदका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भए पनि वाणिज्य सदस्य पदमा न्यौपानेले आफ्नो अनुभव, व्यवसायिक पृष्ठभूमि र योजनाका कारण व्यवसायीको साथ र समर्थन प्राप्त गरिरहेको दाबी गरिएको छ। चुनावी प्रचार–प्रसारका क्रममा उनले व्यवसायीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन्।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनले आगामी नेतृत्व चयन गर्ने भएकाले सम्पूर्ण व्यवसायी समुदाय उत्साहित देखिएको छ। संघलाई अझ सशक्त, जिम्मेवार र व्यवसायीको अधिकारको पक्षमा काम गर्ने संस्थाका रूपमा विकास गर्न सक्षम प्रतिनिधि चयन गर्नुपर्ने आवाज उठिरहेका बेला वाणिज्य सदस्य पदका उम्मेदवार बलबहादुर न्यौपानेले आफूलाई योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको प्रचार अभियान थप तीव्र बन्दै गएको छ। यस्तै, न्यौपानेले पनि उद्योगी–व्यवसायीको विश्वास जित्दै क्रम संख्या ०९ मा मतदान गर्न सबैसँग आग्रह गरेका छन्। उनका अनुसार व्यवसायीको सम्मान, अधिकारको संरक्षण र समृद्ध व्यापारिक वातावरण निर्माणका लागि आफ्नो उम्मेदवारी महत्त्वपूर्ण रहनेछ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved