इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचन : वाणिज्य सदस्य पदका उम्मेदवार बलराम बस्नेतप्रति व्यवसायीहरूको भरोसा

  • प्रकाशित मितिः असार २६, २०८३
  • 56 पटक पढिएको
  • जीवन फुयाल

इटहरी, असार २७ । इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै जाँदा वाणिज्य सदस्य पदका उम्मेदवार तथा हेल्लो मोबाइल सर्भिसका सञ्चालक बलराम बस्नेत चुनावी मैदानमा सक्रिय देखिएका छन्। व्यवसायीहरूको हक, हित र सम्मानका मुद्दालाई प्राथमिकतामा राख्दै उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

लामो समयदेखि इटहरीमा मोबाइल तथा प्रविधिसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका बस्नेत युवा, ऊर्जाशील र मेहनती व्यवसायीका रूपमा परिचित छन्। उनले सञ्चालन गर्दै आएको हेल्लो मोबाइल सर्भिसले स्थानीय ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। व्यवसाय सञ्चालनका क्रममा उनले व्यवसायीहरूले भोग्नुपरेका चुनौती, समस्या र अवसरलाई नजिकबाट नियालेका छन्।

उद्योग वाणिज्य सङ्घको आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको समूहबाट वाणिज्य सदस्य पदमा उम्मेदवारी दिएका बस्नेतले आफू व्यवसायीहरूको साझा आवाज बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवसायमैत्री वातावरण निर्माण, व्यवसायीहरूको अधिकार संरक्षण तथा व्यापारिक क्षेत्रको विकासका लागि निरन्तर पहल गर्ने बताएका छन्।

इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचन व्यवसायीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरू बताउँछन्। पछिल्ला वर्षहरूमा बजारमा देखिएका आर्थिक चुनौती, व्यापारमा आएको मन्दी तथा व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्याको समाधानका लागि सक्षम प्रतिनिधिको आवश्यकता रहेको उनीहरूको भनाइ छ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका बस्नेतले व्यवसायीहरूको विश्वास जित्दै अघि बढिरहेका छन्। उनी व्यवसायीका समस्या बुझ्ने, समाधानका लागि पहल गर्ने र सबैलाई समेटेर अगाडि बढ्ने उम्मेदवारका रूपमा स्थापित हुँदै गएको समर्थकहरूको दाबी छ।

बस्नेतले उद्योगी तथा व्यवसायीहरूबीच प्रत्यक्ष भेटघाटलाई तीव्र बनाएका छन्। चुनावी अभियानका क्रममा उनले व्यवसायीहरूको सुझाव, गुनासा र अपेक्षालाई ध्यानपूर्वक सुन्दै आएका छन्। उद्योग वाणिज्य सङ्घलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

इटहरीको व्यापारिक क्षेत्रलाई थप सशक्त बनाउन युवा नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनका समर्थकहरूले बलराम बस्नेतलाई अत्यधिक मतका साथ विजयी गराउन उद्योगी तथा व्यवसायीहरूसँग आग्रह गरेका छन्। उनीहरूले व्यवसायीहरूको हक र हितको रक्षा गर्न सक्ने सक्षम उम्मेदवारका रूपमा बस्नेतलाई अगाडि सारेका छन्।

इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचन यही असार २७ गते हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ। यसैबीच, वाणिज्य सदस्य पदका उम्मेदवार बलराम बस्नेतलाई आफ्नो अमूल्य मत प्रदान गरी भारी मतान्तरका साथ विजयी गराउन उनका समर्थकहरूले सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूमा हार्दिक अपिल गरेका छन्।

व्यवसायीहरूको समृद्धि, व्यापारिक वातावरणको सुधार र उद्योग–व्यवसायको दिगो विकासका लागि बलराम बस्नेतको उम्मेदवारी महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ। व्यवसायीहरूको साझा भावना र अपेक्षालाई आत्मसात् गर्दै उनले आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved