इटहरी उद्योग वाणिज्य संघ निर्वाचन : युवा व्यवसायी सिनेट रिजाल वाणिज्य सदस्य पदका बलिया उम्मेदवार

  • प्रकाशित मितिः असार २६, २०८३
  • 69 पटक पढिएको
  • जीवन फुयाल

इटहरी,/ इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा वाणिज्य सदस्य पदका उम्मेदवार सिनेट रिजाल व्यवसायी माझ चर्चित बन्दै गएका छन्। होटल व्यवसाय, अटोमोबाइल, खेलकुद तथा व्यावसायिक परामर्शजस्ता विभिन्न क्षेत्रमा सक्रिय रिजालले आफूलाई युवा उद्यमशीलता र व्यावसायिक नेतृत्वको उदाहरणका रूपमा स्थापित गरेका छन्।

इटहरीका युवा व्यवसायी सिनेट रिजालले लामो समयदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। उनी होटल गरिमा लिमिटेड, रिजाल्स भिजन, एस.डी. मोटर्स, एस.डी. फुटसल तथा ट्रफ बेकवेट एण्ड रेस्टुरेन्ट जस्ता व्यवसायसँग आबद्ध छन्। यी व्यवसायमार्फत उनले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै नयाँ उद्यमीलाई समेत प्रेरित गर्दै आएका छन्।

रिजालले सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेड इटहरीको आतिथ्य क्षेत्रमा परिचित संस्था हो। त्यसैगरी, रिजाल्स भिजन मार्फत उनले युवा उद्यमीलाई व्यवसाय सञ्चालन, रणनीतिक योजना निर्माण तथा व्यावसायिक परामर्श प्रदान गर्दै आएका छन्। उनले युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न तालिम र क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताइन्छ।

त्यस्तै, एस.डी. मोटर्स पूर्वी नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय व्यवसायका रूपमा स्थापित हुँदै गएको छ। मोटरसाइकल तथा सवारी साधनसम्बन्धी सेवा विस्तारसँगै रिजालले यस क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन पहल गरिरहेका छन्। खेलकुदप्रति पनि रुचि राख्ने रिजाल एस.डी. फुटसल मार्फत युवाहरूलाई खेलकुद गतिविधिमा सहभागी गराउँदै आएका छन्।

व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि रिजालको सक्रियता देखिन्छ। विभिन्न सामाजिक तथा व्यावसायिक कार्यक्रममा उनको सहभागिता रहँदै आएको छ। युवा पुस्ताको नेतृत्व विकास, व्यवसाय विस्तार र उद्यमशील संस्कृतिको प्रवर्द्धनमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएको व्यवसायीहरू बताउँछन्।

इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य सदस्य पदका उम्मेदवार बनेका रिजालले व्यवसायीहरूको हकहित र अधिकारको संरक्षण आफ्नो प्राथमिकता हुने बताएका छन्। साना तथा मझौला व्यवसायीका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्योग–व्यापार क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनका अनुसार इटहरी उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्न आवश्यक छ। संघले व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा नयाँ व्यवसायीलाई प्रोत्साहन गर्ने भूमिकालाई अझ सशक्त बनाउनुपर्ने उनको धारणा छ।

युवा व्यवसायीका रूपमा परिचित सिनेट रिजालले उद्योग वाणिज्य संघमा नयाँ सोच, ऊर्जा र योजनासहित प्रवेश गर्न खोजेको बताएका छन्। व्यवसायीहरूको विश्वास र समर्थन पाए आफूले संघलाई अझ गतिशील र उत्तरदायी संस्थाका रूपमा अगाडि बढाउने उनको प्रतिबद्धता छ।

असार २७ गते हुने निर्वाचनमा रिजालले व्यवसायी समुदायसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्। विभिन्न क्षेत्रमा सफल व्यवसाय सञ्चालन गर्दै आएका उनी वाणिज्य सदस्य पदका सक्षम र सक्रिय उम्मेदवारका रूपमा हेरिएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved